अल्डरशटमा । गत १८ फेव्रुवरी आइतवारका दिन, लमजुङ्गको बेशी शहरमा निर्माण हुन लागेको गुरुङ संग्राहलयको भवन निर्माणको सहयोग लागि अल्डरशटस्थित निरमाया रोधी घरमा एक च्यारिटी डिनरको आयोजना भयो । एकेन्द्र गुरुङको संयोजकत्वमा आयोजित यो कार्यक्रम बेलायतकै अहिलेसम्मको सवभन्दा सफल च्यारिटी डिनर भन्न वा मान्न सकिन्छ । एन आर एन यूके का अध्यक्ष कुल आचार्यबाट पानसमा बत्ती बालेर शुरु भएको यो कार्यक्रममा उनले नेपाली रुपैया २७०००।०० सहयोग दिएपछि कम्तीमा पाँचहजारदेखि रु एकलाखसम्म सहयाग दिनेको तांती नै लागेको थियो ।
यो संग्रालय एक जातिको बारेमा वा एक जातिसँग सम्वन्धीत वस्तुको संग्रह केन्द्र भए तापनि यो एउटा इतिहासको जिउँदो उदाहरण र सबै जातजातिको लागि अध्ययन केन्द्र हुन जाने भनिएको छ । यसबाट यो जातिको मात्र नभई अन्य जातजातिको सोध कार्यमा पनि सहयोग पुग्ने छ जसबाट भविष्यमा इतिहासका विद्यार्थी, सामजिक वा इतिहासका अध्यनकर्तालाई सहयोग हुने निश्चित छ । जसबाट नेपालमा भएका विभिन्न जातजाति भाषाभाषीको, आज सम्मको सुमधुर सम्वन्ध कसरी भएको रहेछ भन्न ज्ञानसमेत पाउन सकिने बताइएको छ । यसरी गुरुङ्ग जातिकै उद्गम स्थल मानिँदै आएको लमजुङ्ग जिल्लामा बन्न लागेको यो संग्राहलय यो जातिको मात्रै नभई सम्पूर्ण नेपालीको सम्पत्ती र अध्ययन केन्द्र हुने हुँदा यसलाई सहयोग गर्नु सबैको कर्तव्य हुन आउँदछ ।
कार्यक्रमलाई रकम संकलन मात्र नभई मनोरञ्जनात्मक बनाउन निरमाया रोधी घरका कलाकारहरुले पनि भर मजदुर सहयोग गरेका थिए । -भीम वानिया, मेस
प्रतिक्रिया