कपालको रङ्का कारण उत्पीडनमा परेकी महिला

कपालको रङ्का कारण उत्पीडनमा परेकी महिला


लण्डन । ३० वर्षअघि एउटी रातो टाउको भएकी बालिकालाई उनको कपालको रङ्गका कारणले गर्दा बच्चाहरुले गिज्याउँदै नानाथरिका उत्पीडन दिँदै सताउने गर्दथे । अहिले त्यही प्रक्रिया इन्टरनेटको माध्यमबाट तिनै बालिका जुन अहिले एक बच्चाकी आमा बनेकिछिन् माथि दोहोरिएको कुरा समाचारमा प्रकाश पारेका छन् । नेताली हार्भी ५ वर्षको उमेर हुँदा खिँचेको एउटा फोटो उनको फेसबुकको प्रोफाइलबाट कसैले फैलाएका रहेछन् । ट्वीटर र फेसबुकका प्रयोगकर्ताहरुले यतिबेला नाना थरिका पीँडा अनुभूत गर्नेखालका कमेन्टहरु लेखेर उनलाई सताउँदैं छन् । ३५ वर्षीया नेतालीले आफ्नो कैलो अदुवा रङ्गको कपाल लुकाउन १० हजार पाउण्ड खर्च गरेर बनाएको विग लगाउँछिन् । नेटको माध्यमबाट आफूलाई सताएर पीडा दिने जमातको कारणबाट उनलाई आफ्नो बचपनका पीडादायी दिनहरुको सम्झना भएको कुरा भनेकी छिन् । अनि त्यस कुराले उनी असहृय भएकी छिन् । उनलाई सानो छँदा टुहुरी अनी भनेर बच्चाहरुले गिज्याउने गर्थे जसबाट आफूलाई ठूलो पीडा हुने कुरा बताएकी छिन् । तीन वर्षअघि कसैले आफ्नो फेसबुकको प्रोफाइलबाट बच्पनको फोटो निकालेर सार्वजानिक गरेपछि आफ्नो कपाललाई लिएर हुने नहुने कमेन्टहरु लेख्न थालेको कुरा भनेकी छिन् । यस कुराले उनी आजित भएर प्रहरीसमक्ष उजुरी गर्न समेत पुगकी छिन् । उनका अनुसार यो एकदमै निजी कुरा हो र कपालको कारणले गर्दा उनले जीवनभरि दुःखी हुनु परेको कुरा भनेकी छिन् । उनले आफ्नो रातो टाउको लुकाउन अहिले विग लगाउने गर्छिन् । एक जनाले … म तिम्रो कपालको विग निकालेर अफ्रिकी अदुवा रङ्गको कपाल देखाइदिन्छु… भनेर कमेन्ट लेखेका रहेछन् भने अर्कोले … पख् पख् तिम्रो अफ्रिकी खैरो कपाल हटाउने बेलासम्म… इत्यादि कमेन्टहरु लेखेर उनलाई प्रताडित गरिरहेका कुरा उनले व्यक्त गरेकीछिन् । सानो छँदा बच्चाहरुले उनलाई सँधै गिज्याएर सताएपछि उनले प्रत्येक दिन दुई घण्टा लगाएर कपाल सीधा गरेर स्कुल जान थालेपछि मात्र बच्चाहरुले गिज्याउन छाडेका कुरा उनी सम्झँदै भन्छिन् । उनले बच्चाहरु अत्यन्त निर्दयी बन्थे । उनी स्कुलमा पस्ने बित्तिकै बच्चाहरुले थुकेर नाम पुकारने र उनलाई योडा र अनी भनेर सताउँथे भनेर आफ्नो दुःख व्यक्त ग्ारेकी छिन् । श्रोत -मेट्रो, सुमल, मेस ।