चीनको सिन्ज्याङको दंगामा १२ जनाको मृत्यु

चीनको सिन्ज्याङको दंगामा १२ जनाको मृत्यु


लण्डन । सिन्हुवा, चिनियाँ दैनिकीले उत्तर पश्चिमस्थित चीनको एउटा नगर कासगरमा हिजो मंगलवार, दंगाको कारणले गर्दा १२ जना मानिसहरु मृत्यु भएको समाचार प्रकाशित गरेको छ । समाचार पत्रको अनुसार दंगामा १० जना मानिसहरु मरेका थिए, पछि प्रहरीले दंगाकारीहरुलाई नियन्त्रण गर्ने क्रममा अरु दुई जनाको मृत्यु भएको थियो । समाचारको रिपोर्टमा कुन कारणले गर्दा हिंसा भड्केको थियो भन्ने कुरा स्पष्ट खुलाएको छैन । तर, प्रत्यक्षदर्शी एउटा समूहका अनुसार चाकुधारी आक्रमणकारीहरुले येचेङ्ग काउन्टीको एउटा बजारमा मानिसहरुलाई हत्या गरिएको कुरा भनेको छ । विगतका वर्षहरुमा उग्यूर लडाकुहरुका कारणबाट सिन्ज्याङ प्रान्तमा हिंसाहरु भड्किरहेको कुरा चिनियाँ अधिकारीहरुले भनेका छन् । उग्यूर जातिका मानिसहरु टर्की जनजाति मूलका मानिसहरु हुन् । यिनीहरुका भाषिक, संस्कार तथा धार्मिक पराम्परा बहुसंख्यक चीनका हान जातिबाट एकदमै भिन्न छ । विदेशमा प्रशिक्षण प्राप्त उग्यूर लडाकुहरुका समूह इष्ट तुर्किस्तान इस्लामिक मूभमेन्टसँग यस समूहको सम्बन्ध रहेको र यस क्षेत्रमा आशान्ति फैलाइरहेको आरोप चिनियाँ सरकारले लगाएको छ । इष्ट तुर्किस्तान इस्लामिक मूभमेन्टका लडाकुहरु हाल पाकिस्तानमा प्रशिक्षण लिइरहेका कुरा अधिकारीहरुले बताएका छन् । पाँचसय उनासी मिलियन अमेरिकी डलरको लागतमा कासगर र दक्षिणी शहर येचेङलाई जोड्ने २५८ किलोमिटर लामो सडकमार्ग निर्माण गर्ने उदघाटनकै दिनमा यो दंगाको घटना घटेको हो । गत डिसेम्बर महिनामा येचेङ नजिकैको पिशान नगरमा दुई जना बन्धकहरुलाई रिहा गर्नका लागि चिनियाँ अधिकारीहरुले सात जना उग्यूर मूलका मानिसहरुलाई मारेका थिए । यस घट्नालाई स्टकहोमस्थित विश्व उग्यूर काङ्ग्रेसले भर्त्सना गरेको थियो । श्रोत – सीएनएन, सुमल, मेस ।