बन संरक्षण गर्ने क्रममा ब्राजिलबाट ढिलाइ

बन संरक्षण गर्ने क्रममा ब्राजिलबाट ढिलाइ


लण्डन । ब्राजिली काङ्ग्रेसले हिजो बन विनास रोकथाम गर्ने विवादित कानून पारित गर्नका लागि सरकारले अघि सारेको चुनावी प्रक्रिय सम्पन्न गर्ने कार्यक्रम रोकेको छ । वातावरण संरक्षणसम्बन्धी अभियानमा लागेकाहरुका कारणले गर्दा त्यहाँका किसानहरु र पशुपालकहरुलाई ठूलो मार खेप्नु परेकाले उनीहरुको विरुद्ध हिजोको कार्यक्रम रोकेको भनिन्छ । ब्राजिली सरकारको सञ्चार विभागले यस कानूनलाई फेरि पारित गर्नका लागि अर्को सप्ताहको आउने मंगलवारको दिनमा चुनावको लागि अघि सार्ने कुरा सम्प्रेषन गरेको छ ।
विधायकहरु यस कानून निर्माण गर्ने कुरामा एकमत छैनन् अतः पूर्णतया विभाजित छन् । ब्राजिली काङ्ग्रेसले सरकारसमक्ष कृषक र पशुपालकहरुलाई संरक्षण दिनुपर्ने माग उठाएको छ । त्यहाँका कृषक र पशुपालकहरुले वातावरण संरक्षणका लागि अभियानकर्ताहरुका अवाजका कारण उनीहरुले आ-आफ्नो जग्गाहरु खाली गरिसकेका छन् । वातावरणसम्बन्धी अभियानमा लागेकाहरुका कारण कृषकहरुले क्षति व्यहोर्नु परेको आरोप लगाउँदै आएका छन् । विगत एक दशकभित्र असी प्रतिशत जंगलको रुखपात काटेर बन विनाश गर्ने प्रक्रिया घटेको कुरा सरकारले जनाएको छ । वातावरणसम्बन्धी चासो राख्नेहरुले यदि यो कानून पारित गरेमा बनभित्रका रुखहरु फाँड्नेकुरामा केही छुट रहने छ जसले गर्दा विगतमा झै अवैध तरिकाले फेरि रुखहरु फाडनी गर्नेहरुलाई सजिलो हुनेछ भन्ने कुरा प्रकाश पारेका छन् । ब्राजिली काङ्ग्रेसले ग्रामीण क्षेत्रको साथ लिएर पारित गरेको बनसम्बन्धी अघिल्लो कानून भन्दा अहिलेको यो कानून पारित भएमा धेरै वातावरणीय अनुकुलता रहनेछ भनेका छन् ।
आमाजन नदी वरपरका रेन फोरेस्ट -उष्ण क्षेत्रीय बन) संयुक्त राष्ट्र अमेरिकाको आधा क्षेत्रफलभन्दा ठूलो छ जसको ६० प्रतिशत भाग ब्राजिलमा पर्दछ । सन् १९७० देखि यता झण्डै पाँच भागको एक भाग ब्राजिली बन लोप भएर गएको प्रतिवेदनले जनाएको छ । काठपातको कारोबार गर्नेहरुले शुरुमा बनजंगल फाँडनी गरेर खेतीयोग्य तथा वस्तुहरु चरण गर्ने खुला क्षेत्र बनाएका थिए । त्यसपछि ती ठाउँहरुमा वस्तुहरु पालन गरेर खेतीपाती गर्न थालियो जसले गर्दा ब्राजिल कृषीजन्य वस्तुहरु उत्पादन गरेर निर्यात गर्ने विश्वको अग्रणी राष्ट्रमा स्थापित हुन पुगेको हो । श्रोत – डेलीमेल, सुमल, मेस ।