लण्डन । आज प्रकाश पारेको एउटा समाचारमा अब २० वर्षभन्दा मुनिका युवा कामदारहरुलाई सरकारले घण्टाको पाँच पाउण्ड त्ालब तोकेर त्यसलाई नबढाएर स्थीर राख्ने कुरा बताएको छ । यसले गर्दा अरु बेरोजगार रहेका युवाहरुलाई काममा लगाउन सक्ने राय जाहेर गरेको छ । युवा कामदारहरुलाई काम दिने अभिप्रायले बिजनेस सेक्रेटरी भिन्स केबलले न्यूनतम् प्रतिघण्टा चार पाउण्ड अन्ठानब्बे पेन्सभन्दा बढी नबढाएर त्यसैमा स्थीर राख्ने निर्णय गरेको कुरा बताएका छन् । १८ वर्षदेखि २० वर्ष भित्रका दशलाखभन्दा बढी बेरोजगार युवा कामदारहरुलाई यस कदमबाट सघाउ पुग्ने कुरा डिपार्टमेन्ट अफ बिजनेस, इनोभेशन एण्ड स्कीलले आशा व्यक्त गरेको छ । हालको महँगाइ चार दशमलव दु लाई प्रतिशतको अनुपातलाई हिसाब गर्दा यो तलबमान १८ देखि २० वर्ष भित्रका युवाहरुको भागमा तलब कटौती गरेको देखिन्छ । अर्को स्वतन्त्र समाचारले १६ देखि १७ वर्षका युवा कामदारहरुका लागि प्रतिघण्टा तलब ३ पाउण्ड ६८ पेन्स स्थीर तोकेर राख्ने सूचना सम्प्रेषण गरेको छ । २१ मार्चको बजेट प्रतिवेदनमा अर्को महिनादेखि लागू हुने गरी तलब स्थीर तोकेर राख्ने निर्णय गरिने कुरा उल्लेख गरेको छ । वयस्क कामदारहरुका लागि साबिक पाउँदै आएको न्यूनतम् दर प्रतिघण्टा ६ पाउण्ड ८ पेन्स माथि २ प्रतिशत बढाएर ६ पाउण्ड २० पेन्स तोकिने कुरा प्रकाश पारेका छन् । श्रोत – मेल अनलाइन, सुमल, मेस ।
प्रतिक्रिया