लण्डन । लन्डनमा शूटिंग भएको नेपाली चलचित्र ‘निर्दोष’, द एभरेष्ट मुभिज रिडिङ यूकेको ब्यानरमा निर्माण भएको पहिलो नेपाली चलचित्र ‘निर्दोष, जसमा एल बी सुब्बा को कथा, निर्माण र निर्देशन रहेकोछ, शीघ्र नै प्रदर्शित हुँदैछ । यस चलचित्रमा जोडीको रुपमा धुब दत्त र सब्रिना श्रेष्ठ मुख्य भूमिका अभिनय रहेकोछ । अन्य कलाकारहरु निता पून, बिपिन सुब्बा, एल बी सुब्बा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
एचआईभी एड्ससम्वन्धी कथाबस्तुमा आधारित यस चलचित्र वस्तुतः प्रेम कथानक चलचित्र हो । पारस रानाले छायांकन गरेका यस चलचित्रमा संगीत राजेशपायल राईको रहेको छ भने, स्वर राजेश पायल राई र प्रविशा अधिकारीको रहेको छ । चलचित्रमा छायांकन गरिने नृत्यहरुको निर्देशन सनम वैराग र प्रकाश श्रेष्ठ रहेको छ ।-ध्रुव
प्रतिक्रिया