एमाले हिन्द महासागर जस्तो, सबैलाई फिल्टर गर्छ : ओली

एमाले हिन्द महासागर जस्तो, सबैलाई फिल्टर गर्छ : ओली


एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी हिन्द महासगर जस्तो भएको बताएका छन् । देश बनाउने एमालेको महाअभियानलाई साथ र सहयोग गर्न ओलीले विदेशमा रहेका नेपालीहरुलाई आग्रह गरे ।

‘हिन्द महासागरमा विभिन्न नदीहरु मिसिन्छन्,’ हालै भएको वामपन्थी तालमेल इंगित गर्दै ओलीले भने, ‘तिनिहरु कुनै धमिला होलान्,कुनैमा फोहोर बगेर आएको होला तर महासगरमा मिसिएपछि त्यो कञ्चन हुन्छ । शाखा नदीको धमिलो र फोहोरलाई महासागरले फिल्टर गरेर सफा बनाउछ ।’

प्रवासी नेपाली मञ्च (ओएनएफ)र गैर आवासीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधिहरुसँग बुधबार निजी निवास बालकोटमा भएको भेटमा ओलीले वाम आन्दोलनका विभिन्न पार्टीहरु एक हुँदा शक्ति केन्द्रहरुमा भूकम्प पैदा गरेको बताए ।

एमाले नेता माधवकुमार नेपालले वाम तालमेलले देशी विदेशीहरु अतालिएको बताए । ‘वाम गठबन्धन देश भित्र भएकाहरुको मात्र हो,’ उनले भने, ‘गैर वामगठबन्धनमा विदेशीहरु पनि सहभागी छन् । त्यस कारण यसको नियत नै स्पष्ट छ ।’