लण्डन । एउटी किशोरीलाई जुन पुरुषले बलात्कार गरे उनैसँग उनलाई पारिवारिक इज्जत र प्रचलित कानूनको दुहाइका कारण जबरजस्ती विवाह गराएको केही समयपछि उनले पीडा खप्न नसकी आत्महत्या गरेकी समाचार प्रकाशमा आएको छ ।
अमिना फिलालीले आफैलाई बलात्कार गर्नेसँग बाध्यताबश विवाह गरे पश्चात लगातार पाँच महिनासम्म पिटाइ र यातना सहन नसकी मुसा मारने विष सेवन् गरेर आफैले आफ्नो जीवन अन्त गरेकी थिईन् । गत वर्ष उत्तर अफ्रिकी राष्ट्र, मोरोको निवासी १५ वर्षीया (त्यतिबेला) किशोरी बजारमा समान खरिद गर्न जाँदा बाटोमा ढुकुवा बसेर एकजना निर्दयीले सडकमा बलात्कार गरेर उनको कौमर्य भंग गरेका थिए । यस आपराधका लागि उनका आमाले आपराधीलाई सजाय दिलाउने प्रयास गरेकी थिईन् । तर, पराम्परागत संस्कार र त्यहाँको प्रचलित कानूनको धारा ४७५ अन्तर्गत यदि बलात्कारीले बलात्कृत केटीलाई स्वीकार गरेर विवाह गर्छन् भने सजाय मुक्त हुने प्रावधान रहेको छ । आदलतमा न्यायधीशले ती बलात्कृत किशोरीलाई विवाह गर्ने आदेश दिएर मुद्धा फर्छ्यौट गरेका थिए ।
शनिवारको दिनमा किशोरीले विष सेवन् गरेर आत्महत्या गरेपछि त्यस व्यक्तिलाई सजाय दिनुपर्छ भन्ने अभिप्रायले अमिनाका शुभचिन्तकहरु र मानव अधिकारवादीहरु जुटेका छन् । त्यहाँको समुदायमा बलात्कृत आथवा कौमार्य भंग भएको केटीलाई अरुले विवाह गर्दैनन् भन्ने विचार तथा मुद्धालाई अघि बढाउँदा बलात्कारको साक्षी जुटाउन कठिन् पर्ने हुनाले अदालतको आदेशमा छोरीको विवाह गराइदिएको कुरा मृतककी बुबा लाचेन फिलालीले बताएका छन् । उत्तरी अफ्रिकी राष्ट्र, मोरोकोका मानव अधिकारवादीहरुले यस कानूनलाई परिवर्तन गर्नुपर्छ भनेर उनका समर्थकहरुले फेसबुकमा “वी आर अल अमिना फिलाली” आईडी दिएर फेसबुक एकाउन्ट खोलेका छन् र प्रचलित कानूनको धारा ४७५लाई खारेज गर्नुपर्छ भन्ने अवाज उठाएका छन् । श्रोत-मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया