लण्डन । बेलायतका सबैभन्दा ठूलो प्रहरी फौजका चारभागमध्ये तीन भाग पुरुष कर्मचारीहरु औसत वजनभन्दा बढी तौल भएको कुरा एउटा अध्ययनमार्फत जनाएको छ । यसै प्रतिवेदनको आधारमा नयाँ सुधारको कानून बनाएर अब अधिक मोटो भएका मानिसहरुलाई सेवाबाट खारेज गर्नेजस्ता समाचार प्रकाशमा आएको छ । अब उपरान्त सबै प्रहरीका कान्स्टेबलदेखि चिफ इन्स्पेक्टरसम्मका पदाधिकारीहरुले वार्षिकरुपमा शारीरिक तन्दुरुस्ती -फिजिकल फिट्नेस) जाँच दिनुपर्ने प्रावधान बन्नेछ । फिजिकल फिट्नेस जाँचमा उतिर्ण नभए पाउँदै आएको तलबभत्ताबाट दुई हजार नौसय पाउण्ड रकम कटौति गरिने सुझाव पेश गरिँदैछ । विगत ३० वर्षदेखिको यो सबैभन्दा ठूलो प्रहरीका तलबभत्ता सुधार बारेको कदम रहेको बताएको छ । अब लागु हुने प्रावधानअन्तरगत आफ्नो मोटोपन् घटाउन नसक्नेहरु चाँहि जागिरबाट वञ्चित हुने कुरा प्रकाश पारेको छ । हालै अनुसन्धान गरेर प्रतिवेदन पेश गरेका टम विन्सरले … शुरुको भर्ना हुने बेलामा शारीरिक फिट्नेसको परिक्षा दिएर भर्ना भएपश्चात् नौकरीको दौरानमा विशेष शसस्त्र प्रहरी बाहेक ३०, ३५वर्षसम्म प्रहरीहरुले शारीरिक फिट्नेसको जाँच दिएका हुँदैनन्… भनेका थिए ।
सरकारी अनुगमन टोलीले अध्ययन गर्दा प्रहरी सेवामा रहेका ५२ प्रतिशत पुरुष कर्मचारीहरु औसत तौलभन्दा बढी रहेका छन् भने २२ प्रत्तिशत कर्मचारीहरु अत्यधिक तौलका रहेका छन् र सयजनामा एक जना अति नै मोटो रहेका छन् भन्ने तथ्य फेला पारेको थियो । बेलायतका आमजनताको तीनभाग मध्ये दुई भाग नागरिकहरु औसत तौलभन्दा बढी तौल भएकाहरु छन् । विन्सर्का अनुसार अब आउने सेप्टेम्बर महिनादेखि औसत तीन मिनट पैतीस सेकण्डका लागि पाँच दशमलव पाँच माइल प्रति घण्टाको रफ्तारमा वार्षिक छोटो दौडको फिट्नेस परिक्षा सबै प्रहरीहरुलाई लागु गरिने कुरा बताएका छन् । तर, सन् २०१८ सालदेखि योभन्दा बढी कठिन् शारीरिक तन्दुरुस्तीको परिक्षाबाट प्रहरीहरु गुज्रनुपर्ने प्रावधान लागू गरिने कुरा प्रकाश पारेको छ । यस परिक्षामा भित्ताहरुमाथि उक्लने अथवा चढ्ने तथा मानिसहरुलाई तानेर उद्वार गर्नेजस्ता फिट्नेस परिक्षाहरु सामेल हुने कुराहरु उल्लेख छन् । श्रोत- मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया