तनाव बढेको बेला राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

तनाव बढेको बेला राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट


मन्त्रीमण्डल विस्तार पछि शितल निवास र बालुवाटार बीच तनाव उत्पन्न भईरहेको बेला राष्ट्रपति विद्या भण्डारीसङ्ग प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष भेटवार्ता भएको छ ।  अहिले मध्यान्ह १२ बजे राष्ट्रपतिसंग भेट गर्नकालागि प्रधानमन्त्री देउवा शितलनिवास प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई नवनियुक्ति मन्त्रीहरुको सपथग्रहण गराउन फेरी पनि अनुरोध गर्नुहुने बुझिएको छ ।

मन्त्री मण्डल विस्तार या पुनर्गगठन प्रधानमन्त्रीको विशेष अधिकार भएको र यसअधि पनि एक चरण मन्त्री मण्डल विस्तार गरिएको नजीर भएको दाबी प्रधानमन्त्री देउवाको छ ।

सपथग्रहण गराउने विषयमा राष्ट्रपतिले निर्वाचन आयोग र विज्ञहरुसङ्ग परामर्श सुरु गर्नुभएपछि मुलुकमा राजनीतिक संङ्कट उत्पन्न हुने आशङ्का बढेको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो भेटपछि तनाव अझै बढ्ने हो या निरुपण हुने हो व्यग्रताका साथ प्रतीक्षा गरिएको छ ।