नरभक्षी अपराधीहरुबाट साथीको हत्यापछि भोजन

नरभक्षी अपराधीहरुबाट साथीको हत्यापछि भोजन


लण्डन । नरभक्षी अपराधीहरुका एउटा समूहले आफ्नै समुहका एकजना विश्वासघाती साथीलाई चरम यातना दिएर मार्नुअघि तड्पाएर राखेका थिए भन्ने प्रहरीले आशंका गरेको समाचार खुल्नआएको छ । ३७ वर्षीय मिलान ज्यूरिसिक नाम गरेका एक जना खुंखार आपराधीलाई तडपाउँदै हथौडाले प्रहार गरेर मारिएको रहेछ । त्यसपछि धारिलो हतियारले उनको छाला काढेर हड्डीबाहेक सबै मासु ग्राइन्डरमा हालेर पेलेको कुरा सामुन्ने आएको छ ।
गत वर्ष क्रोसियाको राजधानी जाग्रेबमा समूहका हिटम्यान स्रेटको कालीनिक जसलाई बुचरको उपनामले चिनिन्छ, ले हत्या गरेर ज्यूरिकको मासु खाएको आपराध स्वीकार गरेका थिए । उनले ज्यूरिकको शरीरका मासुवाला भागलाई निकालेर फलफूल र चिनी मिसाएर गुलियो गरेर खाने मिन्समिट बनाएर बाँकी रहेको अंश मैड्रिडको नदीमा फालिदिएको कुरा भनेका छन् । यस हप्ता रक्तकुण्डमा लोथ डरलाग्दो हत्याको खेल भएको घर नजिकै स्पेनिस प्रहरीले मैडि्रडको म्यान्जानारेस नदीबाट ५० वटा हड्डीका टुक्राहरु फेला पारेको छ । प्रहरीले अहिले ती हड्डीहरुलाई फोरेन्सिक विभागमा जाँच्नका लागि पठाएको छ । उनीहरु वास्तवमा के ती हड्डीहरु ज्यूरिककै हुन् भन्ने कुराका प्रमाणको पर्खाइमा छन् ।
सन् २००९मा नरभक्षी अपराधी समुहले ज्यूरिकको मासु लञ्चमा खानुअघि उनीहरुले उनको छालाबाट मुखमा लगाउने एउटा मुखुण्डोसमेत बनाएका थिए । सन् २००३मा मिलान ज्यूरिकले सर्बियाका प्रधानमन्त्री जोरान जिन्दजिकलाई हत्या गरेर फरार रहेका थिए । फरारको बेलामा नै उनीमाथि मुद्धा चलाएर उनलाई ३० वर्षको जेल सजाएसमेत तोकेको थियो । ज्यूरिकलाई मार्नका लागि योजना बनाएका लुका बोजोभिकलाई गत महिना पक्डाउ गरेको छ । लुकामाथि पनि प्रधानमन्त्री जोरानलाई मारेको अभियोग छ । खोजतलाश गर्दा बोजोभिकको घरमा हिट्म्यान कालीनिकद्वारा ज्यूरिकलाई हत्या गर्ने विवरणहरु भएको दस्तावेज प्रहरीले प्राप्त गरेको छ । प्रहरीलाई प्राप्त एउटा चिट्ठीमार्फत ज्यूरिक र बोजोभिकबीच एउटा महिलालाई लिएर द्वन्द्व रहेको प्रमाण फेला पारेको छ । त्यसभन्दा अघि प्रहरीले ज्यूरिकलाई पैसाको कारणले मारेको हुनुपर्छ भन्ने आशंका गरेको थियो । मैड्रिड हत्याकाण्डमा संलग्न नरभक्षी अपराधीहरु बेलग्रेडका जामून घरानाका सर्बियाई नरभक्षी अपराधी समूहका सदस्याहरु रहेको कुरा प्रकाशमा आएको छ । राष्ट्रिय अदालत मैडि्रडमा यो मुद्धाको बहस चलिरहेको छ । श्रोत – मेट्रो, सुमल, मेस ।