उपत्यकामा प्रहरीको सेफ्टी पिन अपरेसन !

उपत्यकामा प्रहरीको सेफ्टी पिन अपरेसन !


काठमाडौं उपत्यकामा बढ्दै गएको यौनजन्य दुब्र्यबहार र अन्य अनैतिक कार्यलाई नियन्त्रण गर्ने उदेश्यले सुरु गरेको प्रहरी सेफ्टी पिन अप्रेशनलाई अझ सकृय बनाएको छ । उपत्यकाको विभिन्न स्थानबाट सेफ्टी पिन अपरेसनमा ५ जोडीसहित ७८ जना पक्राउ परेसंगै सो अभियानलाई प्रहरीले महत्वका साथ अगाडी बढाएको छ ।

दुई महिनाको अवधीमा सो अभियानबाट ७८ जना पक्राउ परिसकेको छन् । प्रहरीले सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने उद्धेश्यले महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सुरू गरेको सेफ्टी पिन अपरेसनमा युवा युवती गरी ७८ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

सेफ्टी पिन अपरेसनकी प्रहरी निरिक्षक शर्मिला गुरुङका अनुसार सार्वजनिक यातायातमा महिला तथा बालबालिका माथि हुने यौनजन्य दुब्र्यबहारलाई न्यूनिकरण गरी उपत्यकामा महिला तथा बालबालिकाहरुलाई सुरक्षित यात्रा गराउन प्रहरीले ३३ वटा टोली बनाई उपत्यकामा गुड्ने बिभिन्न सार्वजनिक सवारी साधनमा सादा पोसाकमा परिचालन गरिएको छ ।

उपत्यकामा चल्ने सवारी साधनमा दुब्र्यबहार गर्नेलाई नियन्त्रणमा लिने क्रममा काठमाडौंबाट ६७ जना, ललितपुरबाट ५ र भक्तपुरबाट ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।  महानगरीय प्रहरी कार्यालयको तथ्यांक अनुसार यौनजन्य दुब्र्यवहार र अपशब्द गालीगलौज गर्ने ५५, अश्लिल हर्कत गर्ने १०, पाकेटमार ८ र अन्य ५ जना पक्राउ परेका छन् ।

पक्राउ परेका मध्ये हिंसाको गाम्भीर्यता अनुसार २५ जनालाई सार्वजनिक अपराधको मुद्दा चलाईएको छ भने ५३ जनालाई यस्तो कार्य नदोहोरिने गरी आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये ५ जोेडी प्रेमिप्रमिका भए पनि सार्वजानिक स्थानमा समाजलाई नपच्ने खालको गतिविधी गरेपछि उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हिंसाजन्य क्रियाकलापमा १५ देखि २५ बर्ष उमेर समुहको बाहुल्यता रहेको देखिन्छ । यो अभियान निरन्तर रुपमा संचालन हुने बताउँदै महानगरीय प्रहरी कार्यालयले कसैलाई कुनै ठाउँमा हिंसा भएमा निर्धक्कसँग उजुरी गरे पिडितको गोपनियतालाई कायम राख्द तत्काल कारवाही गर्ने सेफ्टी पिन अपरेसनकी प्रहरी निरिक्षक गुरुङले बताईन् ।