यूरोप महिला सह-संयोजकमा अभिनेत्री खड्काको उम्मेदवारी

यूरोप महिला सह-संयोजकमा अभिनेत्री खड्काको उम्मेदवारी


गैर आवासीय नेपाली संघ एनआरएनको आठौं विश्व सम्मेलनमा प्रतिनिधिका रूपमा सहभागी चर्चित अभिनेत्री वर्षा खडकाले यूरोपका लागि महिला सह–संयोजकमा उम्मेदवारी घोषणा गरेकी छिन ।

हल्याण्डसको आम्सिडेममा बसोबास गर्दै आएकी खड्का एनआरएनको सम्मेलनमा भाग लिने आएकी हुन । एनआरएनको सम्मेलन काठमाडौंमा शनिबारदेखि सुरु भएको छ । यूरोप महिला सह–संयोजक उम्मेदवारी दिने तयारीमा रहेकी अभिनेत्री खड्काले भनिन्, “साथीहरूको सल्लाहमा उम्मेदवारी दिने तयारी गरेकी छु । सबैको साथ पाए भने जित्छु पक्का हुने आशा बोकेको छु ।”

तपाईंको उम्मेदवारी किन भने जिज्ञासामा खड्काले यूरोपमा बसोबास गर्नु हुने नेपाली समुदायको हकहितमा काम गर्ने इच्छा रहेको छ । “हुन त पदमा नरहदा पनि काम गर्दै आएकी छु ।” उनले भनिन्, “पदमा बसेर झन जिम्मेवारीका साथ काम गर्ने इच्छा छ ।” सम्मेलनको दोस्रो दिन आज आइतबार बन्द सत्रका साथै निर्वाचन कार्यक्रमहरू हुने छन् ।

भोलि सोमबार नयाँ अध्यक्षसहित पदाधिकारीहरूमा मतदान हुने कार्यक्रम रहेको छ । यसपटक एनआरएनको अध्यक्षमा भवन भट्ट र जमुना घलेले उम्मेदवारी घोषणा गरेका छन् । यी दुबै प्रतिद्वन्द्वी बीच कडा प्रतिस्पर्धा हँुदैछ ।