इस्लामिक पुस्तकमा पतिले पत्नीलाई पिट्नुपर्ने कुरा उल्लेख

इस्लामिक पुस्तकमा पतिले पत्नीलाई पिट्नुपर्ने कुरा उल्लेख


लण्डन । एउटा मुसलमानहरुका विवाहसम्बन्धी निर्देशिकाको रुपमा प्रकाशित पुस्तकमा लोग्ने मानिसहरुले उनीहरुका स्वास्नीहरुलाई आवश्यकता परे हातले, डण्डाले पिट्न सक्ने साथै कान निमोठ्न सक्ने कुराको सुझाव दिएको छ । यो पुस्तक प्रकाशित भएपछि यस पुस्तकको घोर विरोध हुन थालेको छ । एकसय साठी पृष्ठको यो पुस्तक “अ गिफ्ट फर मुस्लिम कपल” शीर्षकमा छापिएको छ । यस पुस्तकको बारेमा केही वर्ष विवाह गरी बसेका जोडीहरु अथवा नयाँ वैवाहिक जीवन शुरु गरेकाहरुलाई उपहारको संज्ञा भनेको छ । यस पुस्तकलाई इस्लाम धर्मका एक जना प्रखर बौद्धिक व्यक्तित्व मानिने मौलवी अशरफ थान्वीले लेखेका हुन् । किताबमा वर्णन गरेका मुख्य विषयहरु विवाहको विषयमा, विवाह पश्चातको सम्बन्ध, विवाह गरेपछि आउन सक्ने समस्याहरु, विवाहको सम्बन्ध कटुतापूर्ण हुनु र सम्बन्ध विच्छेदका कारणहरु उल्लेख गरेको छ । डेलीमेलले पुस्तकबारे…पुस्तकको शुरुआतमै आश्यकता परे उसलाई -पत्नीलाई) आफ्नो काबुमा राख्नको लागि बल अथवा धम्की दिएर नियन्त्रणमा राख्नुपर्छ… भनेर सम्प्रेषन गरेको कुरा उद्धृत गरेको छ । त्यस्तै…यदि पत्नी मुर्ख भए पनि पतिले उसलाई दया मायाको व्यवहार गर्नुपर्छ… भनेर उल्लेख गरेको छ । किताबको एउटा अंशमा पत्नीले पतिको सबै इच्छा पूरा गर्नुपर्छ, कहिल्यै मैला बस्न हुँदैन र सधै पतिको लागि सुन्दरी बनेर बस्नुपर्छ भनेको छ । यो किताब बारेको प्रत्तिवेदनमा जब पहिलोचोटि यो पुस्तक क्यानाडामा विक्री वितरण भएको थियो त्यसै बेला मध्यमार्गी मुसल्मानहरुले यसको विरोध गरेर यस पुस्तकले घरेलु हिंसा भड्काउने कुरा भनेको छ । क्यानाडाको राजनीतिक अभियन्ता तारेक फताहले टोरोन्टो सनलाई …मैले यसलाई घृणा गरेको होइन तर यसले लोग्ने मानिसले स्वास्नी मानिसलाई पिट्नको लागि उत्प्रेरित गरेको छ … भनेका थिए । श्रोत – हिन्दुस्तान टाइम्स्, सुमल, मेस ।