७० नाघेका ७१ जना जेष्ठ नागरिक सम्मानित

७० नाघेका ७१ जना जेष्ठ नागरिक सम्मानित


लमजुङको दुधपोखरी गाउँपालिका–२ विचौरमा ७० नाघेका ७१ जना जेष्ठ नागरिकहरु सम्मानित भएका छन् । वृद्धवृद्धालाई जिल्ला समन्वय समिती लमजुङले सम्मानित गरेको हो ।

कार्यक्रममा दुधपोखरी गाउँपालिका विचौर–४ ठाँटीका १ सय २ वर्षे जेष्ठ नागरिकलाई सम्मान गरी कार्यक्रमको सुरुवात गरीएको थियो । सम्मानित हुनेहरुमा दुधपोखरी गाउँपालिका वडा नम्बर ४ का ८८ वर्षिया भद्रीमाया न्यौपाने, ८४ वर्षिया हरिमाया दवाडी र ८८ वर्षिया पानमती तामाङलाई सम्मान गरीएको हो । उनीहरुलाई प्रमुख अतिथी जिल्ला समन्वय समिती लमजुङ प्रमुख लोकराज पाण्डेले पछ्यौरा, कम्बल, थर्मस हरर्लिक्स दिएर सम्मान गरेका थिए ।

विचौर जेष्ठ नागरिक समाजका अध्यक्ष गोकुलप्रसाद दवाडीले जिल्ला समन्वय समितीले लमजुङको कर्णालीको रुपमा रहेको विचौरमा आएर सम्मान गरेकोमा खुसी व्यक्त गर्दै समाजमा रहेका जेष्ठ नागरिकलाई बेला बेलामा गर्ने सम्मानले आत्मवल बढ्ने बताए ।