पृथ्वीनारायण शाहको शालिक राख्न संघर्ष समिति

पृथ्वीनारायण शाहको शालिक राख्न संघर्ष समिति


पोखराको पृथ्वीचोकबाट नेपालका प्रथम शहिद लखन थापाको शालिक हटाएपछि पृथ्वी नारायण शाहको शालिक राख्न संघर्ष समिति निर्माण गरिएको छ ।
शाह राष्ट्रनिर्माता एवं राष्ट्रिय एकताका प्रतीक भएकोले उनकै शालिक राख्नुपर्ने भन्दै संघर्ष समिति बनाइएको हो ।
समिति शंकर खरालको संयोजकत्वमा गठन गरिएको पृथ्वीनारायण शाह शालिक पुनस्र्थापना संयुक्त संघर्ष समितिका सहसंयोजकमा रामप्रसाद वस्ताकोटीले बताए ।

समितिका सचिव अशीलकुमार शाहीका अनुसार पृथ्वी चोकमा सुरुवातमा पृथ्वीनारायण शाहको शालिक रहेकोमा उक्त स्थानमा नेपालका प्रथम शहीद लखन थापाको शालिक राखिएको थियो ।

पोखराको सवारीसाधनकोे चापलाई मध्यनजर गर्दै आइल्याण्ड हटाउने क्रममा शालिकसमेत हटाइएको थियो । थापाको शालिक हटाएपछि स्थानिय तथा समितिले शाहको शालिक राख्न माग गरेका छन् ।