गजल- इन्द्रकुमार श्रेष्ठ

गजल- इन्द्रकुमार श्रेष्ठ


राजा नहुँदा के भो र † रानीपोखरी छँदै छ
महङ्गी, बेरोजगारी र उस्तै भोकमरी छँदै छ

सुनेथ्यौँ संविधान बनाउने, यो देश नै नयाँ बनाउने
अन्याय, अत्याचार असाध्य, सक्नेको मनपरी छँदै छ

कुनचाहिँ क्षेत्र छ सङ्लो र र्सवत्र धमिलो मात्र छ
अराजक उ-दण्डहीनता राष्ट्रिय मुहारभरि छ

समय मात्र फेरि इतिहास उही पुरानै
निमुखा निर्धाको निधारमा पसिना तर्तरी छ

प्रवृत्ति फेर्नमा कोही तम्तयार यहाँ भएनन्
यो राष्ट्र सफल हुनुछ- तर असम्भवसरि छ ।

नयाँ नेपाल- आनन्द पौडेल
जातीय भावको भेद पहिचान जब भयो,
हात-गोडा उठे जनका खुल्दुली मनमा रह्यो ।
अवसर छैन खै समावेसी कतै-कतै,
अब के हुन्छ होला खै ? आवाज बुलन्दसँगै ।।

जनलहरको आँधीले फोर्दै पत्थरको पहरा,र्
धर्म, वर्ण रङ्गको कालो हर्टाई मनका ।
गुञ्जँदै जनआवाज थक्र्यो राजतन्त्र धरी,
दलित, महिला-वाला उल्र्यो जन-सागरी ।।

आमा नेपाल छौ जहाँ नेपाली हृदय माझमा,
गणतन्त्रसँगै बल्यो बिजुली घरको साँझमा ।
पिछडा नहुनु कोही नहुन् अल्पसङ्ख्यक,
प्रतिनिधित्व भई आऊन् बर्ढाई तिनको हक ।।

स्वाधीन होऊन् नेपाली नभई कसैको पुतली,
भित्र-बाहिर जहाँ रहून् हिंसा नभई नेपाली ।
भई सशक्त महिला शासन सबैमा सम,
शान्तिको दियो बालेर नहून् कोही हरण ।।

छनोटसँगको माग समानको खोजी भो,
शासन-बदलीसँगै सङ्घीयता लागू भो ।
समानता भई हट्छ धार्मिक भेद पनि,
गरिबी घट्दै जान्छ भाषिक भेद पनि ।।