लण्डन । दुईवर्ष भन्दा कम अवधिपहिले म्यानामारकी लोकतान्त्रिक समर्थक प्रभावशाली नेतृ आङ् सान् सू किईलाई सकुन्जेल म्यानामारका सैनिक नेताहरुले चुप गराउने प्रयास गरेका थिए । तर, अचानक उनीहरुले उनलाई संसदमा स्वागत गर्न तम्सेका छन् । नोबल पुरस्कार विजेता नेतृमाथि आचानक राजनीतिक जञ्जीर पन्छाउँदै नरम व्यवहार किन दर्शाएका होलान र यसको कारण चाँहि के होला भनेर यस क्षेत्रका अन्तर्रर्ााट्रय जगतका विज्ञहरुले कौतुहुलता देखाउन र आ-आफ्नो अभिव्यक्ति सम्प्रेषन गर्न थालेका छन् । एक जना विज्ञको भनाइअनुसार सन् २०१० सालको नोभेम्बर महिनामा सम्पन्न म्यानामारको आम चुनावमा विशाल धाँधली र षड्यन्त्र पूर्ण तरिकाले नागरिक सरकार बनाउने चासो म्यानामारका सैनिक शासकहरुले देखाएका थिए, तर, त्यस सरकारलाई अन्तर्राराष्ट्रिय जगतले मान्यता दिएको छैन । म्यानामार प्रतिको अन्तर्राष्ट्रिय व्यवहारबाट यी नेताहरु थाकिसकेका छन् । दक्षिणपूर्व एसियाली राष्ट्रहरुमा म्यानामार मानव अधिकारलाई उपेक्षित गरिएको राष्ट्रको रुपमा उभेको कुरा यी नेताहरुलाई अवगत रहेका छ भनेर अस्ट्रेलियन नेशनल युनिभर्सिटीका निकोलास फेरिल्लीले भनेका छन् । उनीहरुले आङ् सान् सू किईको जल्दोबल्दो ख्यातीका कारण उनिहरु ओझेलमा परेको तथा राजनीतिक ओहोदामा ओगटेका ओहोदाहरु सही मायनेमा उपयुक्त ठान्दैनन् ।
हिजो ०१ अप्रिलको दिनमा भएको मध्यवर्ती चुनावको हालसम्म प्राप्त सूचनामा ४४ सिटमध्ये ४३वटा सिटहरु नेतृ आङ् सान् सू किईको पार्टीले भारी मत लिएर जितेको समाचार सम्प्रेषन गरेको छ । यद्यपि ६४४ जना सदस्या भएको म्यानामारको पार्लियामेन्टमा यस पार्टीको ४३ जनाको झिनो स्थान नगण्य रहनेछ, तर, लोकतन्त्रका लागि आङ् सान् सू किईको झण्डै २२ वर्ष पछिको फेरि चुनावी जीतले म्यानामारको जनताको अवाज सदनसम्म पुग्नेछ भन्ने अडकल गर्न थालेका छन् । पाँच दशकदेखि म्यानामारका ६ करोड जनतालाई सन् १९६२ सालको सैनिक कू पछि सैनिक शासकहरुले शासन गर्दै आएका छन् । सन् २०१० सालको नोभेम्बर महिनामा एक जना सेवानिवृत्त जर्नेल थिईन् । सेइन्ले युनियन सोलिडेरिटी एण्ड डिभलोपमेन्ट पार्टी खोलेर देशमा जनतालाई लोकतन्त्रको नाउँमा छारो हाल्ने काम गरेका थिए । यस चुनावमा मानव अधिकार हनन् साथै विपक्षी राजनीतिककर्मीहरुउपर नयाँ संविधान लागु गरेर अन्यय गरेको थियो । त्यस चुनावमा सैनिक शासकहरुले समर्थन गरेको दल विजयी भएर सरकार निर्माण गरिएको थियो । तर, त्यसपालिको चुनावमा आङ् सान् सू किईको पार्टीले विरोध गरेर चुनावमा भाग लिएको थिएन । श्रोत – सीएनएन, सुमल, मेस ।
प्रतिक्रिया