करेन्ट लागेर एकको ज्यान गयो

करेन्ट लागेर एकको ज्यान गयो


करेन्ट लागेर दाङमा एकजनाको ज्यान गएको छ । शान्तिनगर गाउँपालिका–५ काशीपुर निवासी ३० वर्षीय दिलबहादुर चौधरीको ज्यान गएको प्रहरीले बताएको छ ।

आफ्नै घरमा बल्व जडानका लागि होल्डर बनाउने क्रममा गएराति करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिनुभयो ।

करेन्ट लागी छाती र हात जलेको अवस्थामा उपचारका लागि अञ्चल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । योसँगै दाङमा छ महिनाको अवधिमा करेन्ट लागेर सातजनाले ज्यान गुमाएका छन् ।

गएको वैशाखदेखि असोज २९ गतेसम्म सातजनाको ज्यान गएको जिप्रकाले जनाएको छ ।