नेपाली तेक्वान्दो क्लब न्यू जेनेरेसनलाई ठूलो सफलता

नेपाली तेक्वान्दो क्लब न्यू जेनेरेसनलाई ठूलो सफलता


हङकङ । पचपन्नौ बैक अफ चाइना स्पोर्ट फेस्टिबल अन्तरगतको कलरबेल्ट तेक्वान्दो खुल्ला प्रतियोगिता गत अप्रिल ०१ तारिख, सेक्किप्मेई पार्क स्पोर्टस् सेन्टरमा सम्पन्न भयो । हङकङ तेक्वान्दो एसोसिएशन, लिजर एण्ड कल्चरल डिपार्मेण्ट, र हङकङ ओलम्पक कमिटी स्पोन्सर रहेको यस प्रतियोगितामा हङकङमा रहेका नेपाली तेक्वान्दो क्लबहरुमध्ये कोरिया चुङदोवान न्यू जेनेरेसन समुहका खेलाडीहरुले भाग लिएका थिए ।सयौको संख्यामा खेलाडीहरुले यस प्रतियानेगितामा भाग लिएका थिए । न्यू जेनेरेसन क्लवका आठजना खेलाडीले भाग लिएको उक्त प्रतियोगितामा तीनजनाले एक-एक गरी तीनवटा स्वर्ण पदकसहित ६ जनाले जम्मा ६ वटा पदक हासिल गर्न सफल रहेका छन्। यस अनुसार स्वर्ण पदक जित्न सफल खेलाडीहरुमा ४८ केजी मुनिको तौल समूहमा फ्लाइवेटअन्तर्गत त्रिभुषन तामाङ, ५१ केजीमुनिको समूहमा ब्याण्टमअन्तर्गत रोबिन राई र ७८ केजी मुनिको तौल समूहमा नरेन्द्र गुरुङ रहेका छन् ।
तेसैगरी एडल्ट ५८ केजी मुनिको समूहमा फ्लाइवेटअन्तर्गत ओम प्रसाद गुरुङले कास्य पदक र मिशन कुमार रास्कोटी र अमृत कुमार सार्कीले क्रमशः ५५ केजी र ६३ केजी मुनिको समूहमा रजत पदक प्राप्त गरेकाछन् । खेल अस्ति बिहान नौबजेदेखि बेलुकि ६ बजेसम्म सञ्चालनमा भएको थियो । हङकङब्यापी रुपमा भएको यस खुल्ला प्रतियोगितामा जम्मा ८ वटा स्वर्ण पदक, ८ वटा कास्य पदक र १६ वटा रजत पदकको लागि प्रतिस्पर्धा भएको थियो ।
यसरी ८ वटा स्वर्ण पदकको लागि भएको स्पर्धामा नेपालीहरुको एकमात्र क्लबले ३ वटा स्वर्ण पदक हात पार्नु एउटा ठूलो सफलता हुँदाहुँदै पनि न्युजेनेरेसनका प्रमुख प्रशिक्षक राजु खड्काले भने -समग्रमा हङकङमा नेपालीहरुको ताइक्वान्दोको अवस्था नाजुक रहेको बताए । खेलेर होइन आफ्नो आवस्यकतालाई हेरेर तेक्वान्दोको सर्टिफिकट लिने र दिने प्रथाले गर्दा यसको गरिमा मात्र होइन यसको स्तरलाई नै नकारात्मक असर परेको यसैको कारणले अधिकांश तेक्वान्दो क्लबहरुले यस्तो प्रतियोगितामा भाग लिन सक्ने स्तरमा नपुगेको कुरा आफ्ना खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराएका प्रमुख प्रशिक्षक राजु खड्काले बताए । उनले गुनासो थप्दै भने-हाम्रा अविभावकमा पनि नानीहरुलाई सच्चा खेलाडी बनाउनेभन्दा फेसनको रुपमा मात्र यस्ता खेल क्लबमा पठाउने सस्कार रहेको छ, कुन कस्तो क्लब हो एकपटक पनि राम्ररी नबुझी जहाँ पायो त्यहीं नानीहरुलाई खेल्न पठाउने गरिन्छ यो राम्रो होइन ।
स्मरणीय छ -राजु खडकस नै हङकङमा यस्तो तेक्वान्दो प्रशिक्षक हुन्, जसले तेक्वान्दोलाई नै आफ्नो पूर्णकालीन पेशा बनाएका छन र यस क्लबको मात्र आफ्नै नीजि डोजाङ ९हल ० रहेकोछ ।हङकङको खुल्ला प्रतियोगिताहरुमा आफ्ना खेलाडीहरुलाई सहभागी गराउँदै आएकाछन्, पदक पनि यसै क्लबले मात्र स्वर्ण जित्दै आएको छ ।गत बर्ष पनि यसै क्लबका खेलाडीले मात्र स्वर्ण पदक जित्न सकेको थियो र त्यस्ता राष्ट्रिय स्तरको खेलाडीलाई पनि महासंघले सम्मान नगरेकोमा तेक्वान र खेलमा ज्ञान भएकाहरुले हंगकंग नेपाली महासंघको आलोचना पनि गरेका थिए ।हंगकंगमा जम्मा ४२ ओटा क्लबहरु मात्र तेक्वानदो खेलको लागि योग्य र लाइसेन्सवाला रहेकछन्। यिनीहरुबाट मात्र खेलेकाहरुले हंगकगका राष्ट्रिय खेलमा अलवा कोच, रेफ्रि ट्रेनिङलगायत हंगकंगको ब्ल्याक बेल्ट पाउनुका साथै विदेश खेल्न जान पाउनको साथै खेलको ओलम्पिकमा खेल्न पाउछन् ।-अधिराज