जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा म्याग्दी माली गाउँपालिका–३ घर भएका १९ वर्षीय अंकित पटेललाई प्रहरीले पक्राउ गरेको छ ।

पटेलले आइतबार काठमाडौं महानगरपालिका–१६ माछापोखरी स्थित धौलागिरी गेष्ट हाउसमा इलाम शान्तिपुर घर भई काठमाडौँ माछापोखरी बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।