८८ किलो सुन प्रकरणमा समानुपातिक उम्मेदवार पक्राउ

८८ किलो सुन प्रकरणमा समानुपातिक उम्मेदवार पक्राउ


८८ किलो सुन तस्करी प्रकरणमा  प्रहरीले सोमबार काठमाडौंको स्वयंभूबाट रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ।

उनी नेपाल-केरुङ व्यापार संघका अध्यक्ष समेत हुन् । गत भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन प्रहरीले बरामद गरेको थियो ।

आगामी प्रनिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा समेत उनको नाम रहेको बताइएको छ ।