सहायक रथी दाहाल सैनिक प्रवक्ता

सहायक रथी दाहाल सैनिक प्रवक्ता


नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय निर्देशक तथा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहालले सम्हाल्नुभएको छ । यही असोज ३० गते सहायक रथी झंकरबहादुर कडायतले सैनिक निर्देशनालयमा आयोजित एक कार्यक्रमका बीच सहायक रथी दाहाललाई कार्यभार हस्तान्तरण गर्नुभएको हो ।

करिव ७ महिना जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सञ्चार जगतका सबै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा विशेषगरी डिफेन्स बिटमा सम्बद्ध पत्रकारहरूबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि सहायक रथी कडायतले आभार प्रकट गर्नुभएको छ ।

सैनिक निर्देशनालयद्वारा जारी विज्ञप्तिका अनुसार सञ्चार जगतको अहम् भूमिकाको उच्च कदर गर्दै उहाँले सेना र सञ्चारजगतबीच सदाझैँ नवनियुक्त सैनिक प्रवक्तालाई पनिसहयोग र शुभेच्छा प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।