दंगाकारीहरुले राजकुमार विलियमको पुतला जलाए

दंगाकारीहरुले राजकुमार विलियमको पुतला जलाए


लण्डन । अर्जेन्टीनी राष्ट्रपतिले बेलायतको आलोचना गरे लगत्तै अर्जेन्टीनाको ब्यूनोस एअर्समा दंगाकारीहरुले बेलायती राजदूतावास माथि पेट्रोलबम हुर्र्‍्याउँदै बेलायती झण्डा जलाएर धावा बोलेका छन् । फकल्याण्ड युद्धको ३०औ वर्षगाँठको अवसरमा अर्जेन्टीनी दंगाकारीहरुले हिंसात्मक आक्रमण गरेका छन् । यस आक्रमणमा बेलायती राजकुमार विलियमको पुतलासाथै बेलायती झण्डा दंगाकारीहरुले जलाएका छन् । यस घटनालाई राष्ट्रपति क्रिस्टिना फर्नान्डेज डी किर्चरले आफ्नो भाषणमा बेलायतसंगको कुटनीतिक युद्धलाई लिएर बेलायतले फकल्याण्डमाथि नियन्त्रण गरेको सही र्होन भन्दै औल्याएर आगो सल्काएकी थिईन् । सन् १९८२को फकल्याण्ड युद्धमा कैयौ मानिसहरु मरेका थिए । युद्ध भएको ३०औ वर्षगाँठको अवसरमा उनले .. एक्काइसौ शताब्दीसम्म आइपुग्दा साम्रज्यवाद विस्तारको उदहारण हाम्रो छेवैमा केही किलोटिर पर अस्तित्वमा रहनु भनेको न्यायिक होइन … भनेकी थिईन् । उनले सोही अवसरमा भाषण दिंदै जाँदा …हाम्रो प्राकृतिक सम्पदा र वातावरणमाथि बेलायतले लगातार विथोल्न मिल्दैन हामी त्यसका लागि न्यायिक माग राख्दछौ… भनेर थपेकी थिईन् ।
महिनौदेखि बेलायत र अर्जेन्टीनाबीच फकल्याण्डको मुद्धालाई लिएर ३०औ वर्षगाँठसम्म आइपुग्दा तनाव चुँलिदै आएको थियो । बेलायतले आरएएफ सर्च एण्ड पायलट ड्यूटीका लागि दक्षिणी अटलान्टिक क्षेत्रमा सैनिक दस्ता तैनाथ गरेपछि यो तनाव उत्पन्न भएको र बेलायतलाई सैनिक दस्ता तैनाथ गरेको आरेाप लगाएको छ । राजकुमार विलियम आरएएफसंग आबद्ध रहेको हुनाले उनलाई आक्रमणकारीको संज्ञा दिएको छ । श्रोत -सीएनएन, सुमल, मेस ।