नेपाल पत्रकार महासंघ, यूकेको प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ, यूकेको प्रेस विज्ञप्ति


लण्डन । विभिन्न सञ्चारमाध्यमका लागि झापाबाट काम गर्दै आएका पत्रकार यादव पौडेलको मंगलबार राति विर्तामोड, झापामा भएको विभत्स हत्याबाट नेपाल पत्रकार महासंघ, बेलायत शाखा आफू स्तब्ध र मर्माहत बनेको भन्दै
१० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भए पनि पत्रकारिता क्षेत्रमा रहेको उच्च जोखिम अझै कायमै रहेको पत्रकार पत्रबारको उक्त ह्तयाकण्डको घटनाले पुष्टि गरेको अभिमत जाहेर गरेर व्यक्तिको बाँच्न पाउने, आफूले चाहेको पेशा अँगाल्न पाउने अधिकार सुनिश्चित भइनसकेको यथार्थ पनि उक्त घटनाले उदाङ्ग गरिदिएको छ भनी हिजो यस विज्ञप्ति सार्वजनिक गरेको छ ।
घटनाको पूर्ण विवरण आइनसकेको यस अवस्थामा हामी पत्रकार पौडेलको हत्याका बारेमा यथाशीघ्र अनुसन्धान गरी दोषीहरुलाई कडा कारबाही गर्न, पौडेलका परिवारलाई भरणपोषणको व्यवस्था गर्न र पत्रकारहरुलाई काम गर्ने सुरक्षित वातावरण बनाउन सरकार तथा अन्य सबै पक्षसँग हार्दिक आह्वान गर्दछौँ भन्दै आफ्नो उक्त विज्ञप्तिलाई नेपाल पत्रकार महासंघ, बेलायत शाखाले टुंग्याएको छ ।