साधारण माटोको भाँडाको मूल्य झण्डै १७ मिलियन पाउण्ड

साधारण माटोको भाँडाको मूल्य झण्डै १७ मिलियन पाउण्ड


लण्डन । एउटा साधारण भाँडो कसैलाई दान दिन राखेजस्तो देख्दथ्यो । तर, यो एउटा पोर्चलिन -चिनियाँ माटोले बनेको) डबका जस्तो देखिने भाँडोलाई निलाम बि क्रिमा राख्दा एक जना के्रताले फोनमार्फत बोल लगाएर १६ दशमलब ८ मिलियन पाउण्डमा (नेपाली मुद्रा दुई अर्बभन्दा बढी रकम) त्यो भाँडो किनेका छन् । यो सानो भाँडोले निलाम बिक्रीको दुनियाँमा नयाँ विश्व रेकर्ड कायम गरेको कुरा समाचारहरुमा उल्लेख गरेका छन् । यो भाँडोलाई रुयायो सफा गर्ने भाँडोको नाउँले चिनिन्छ । निलाम बिक्री गर्ने एजेन्सी सोथ्वीले यसलाई साठी लाख पाउण्डसम्म बेच्न सक्ने अडकल गरेको थियो । तर, आठ जना निलाम बोली लगाउने खरिददारहरुका प्रतिस्पर्धाले गर्दा बोल चुलिँदै गएको कुरा बिक्रेताहरुले भनेका छन् ।
यो भाँडोको महत्व यसलाई देखेर अथवा यसको र सुन्दरता नभई यो भाँडो कहाँबाट आएको हो भन्ने इतिहासले गर्दा बढेको हो भनिन्छ । यो सफाइका लागि प्रयोग गर्ने भाँडो नौसय वर्षपहिले चिनियाँ शाही परिवारले प्रयोग गर्थे । यो भाँडो निर्माण गर्दा सम्राटले छनौट गरेको विशेष चिम्नी (भट्टी)मा एकदमै उच्च तापमान सिर्जना गरेर कर्मीद्वारा बनाइएको भनिन्छ । संसारभरि अहिले यस्ता खाले ७९वटा मात्र डबका खाले भाँडाहरु छन् र यस मध्येमा केवल पाँचवटा निजी रुपमा बाहृय व्यक्तिहरुका हातमा छन् । हङकङ सोथ्वीका अधिकारीहरुले सोङकालको यो भाँडोलाई मानिसहरुले आफूसंग राख्न चाहने विशेष भाँडो मध्येका हुन् भनेर उद्धृत गरेका छन् । श्रोत-मेट्रो, मेस ।