लण्डन । तमू धिं कम्युनिटि सेन्टरमा गत ०१ तारिख अनेकतामा एकता शीर्षकको नाम दिएर मिस नेपाल यूकेद्वारा प्रस्तुत गरिएको च्यारिटिजनक साँस्कृतिक कार्यक्रममा युवाहरुको उल्लासमय सहभागिता रहेको थियो जसलाई बेलायतका लागि नेपाली राजदूतले अति नै सकारात्मक रुपमा आफूले लिएको बताएका छन् । केही संघसंस्थाका प्रतिनिधिहरुलगायत अध्यक्षहरुको अतिथिको रुपमा उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न कलेज तथा युनिभर्सिटिहरुबाट आएका युवाहरुको बाक्लो उपस्थिति रहेको थियो । वयस्कहरुबाट ८ पाउण्ड र विद्यार्थीहरुबाट ५ पाउण्डको टिकट दर कायम गरिएको सो कार्यक्रमबाट उठेको रकमहरुलगायत चन्दाहरुको सम्पूर्ण भाग चिल्ड्रेन इन्टरनेशनल फर एभरेस्ट एक्सपिडिसनमा जाने बताइएको सो कार्यक्रममा सुनुवार, लिम्बू, थकाली, मधेसी, नेवार, गुरुंग, शेर्पा, मगर, राई, तामांग आदि जातीय संस्थाहरुका युवा सदस्यहरुबाट तिनका जातीय परिचय दिलाउने किसिमका नृत्य तथा नाटकहरु मञ्चन गरिएको थियो ।
कार्यक्रम साँझको साढे छबाट शुरु भएर रातिको साढे दशबजे समाप्त भएको थियो ।-तस्वीरसहित विसन गुरुंग
Please click here to view the rest pictures.
प्रतिक्रिया