निर्वाचनमा सबैको दायित्व बराबर : सञ्चारमन्त्री बस्नेत

निर्वाचनमा सबैको दायित्व बराबर : सञ्चारमन्त्री बस्नेत


आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई समयमै सम्पन्न गराउनको लागि सबैको दायित्व बराबर रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आज भक्तपुरमा आयोजना गरेको स्वागत एवं शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

मन्त्री बस्नेतले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भन्दै देशमा पूर्ण रुपमा संविधान कार्यान्वयनका लागि आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गर्नु जरुरी रहेको प्रष्ट पारे ।

मुलुकलाई दुवै तहको निर्वाचन अति आवश्यक रहेको बताउँदै उनले कुनै पनि हालतमा निर्बाचन गराएरै छाड्ने अडान लिएका छन् ।