जुवाको खालबाट विश्वविद्यालयका कर्मचारी नेता पक्राउ

जुवाको खालबाट विश्वविद्यालयका कर्मचारी नेता पक्राउ


नेपाल संस्कृत विश्वविद्यालय दाङका एक कर्मचारी नेता रंगेहात पक्राउ गरेका छन् ।
जुवाको खालबाट कर्मचारी सघंका केन्द्रीय उपाध्यक्ष गणेश रावत भनिने राजविक्रम आरसी तुलसीपुर उपमहानगरपालिका–१८ स्थित आफ्नै घरमा जुवा खेलाइरहेको अवस्थामा पक्राउ गरेका हुन् । प्रहरीले उनिसहित ७ जनालाई जुवाको खालबाट पक्राउ गरेको हो ।
राजवित्रम आरसी नेपाल संस्कृत विश्वविद्यालयमा कार्यरत नायव सुब्बा हुन् ।

प्रहरीले टोपबहादुर डाँगी, विजय गौतम, पदमबहादुर वली, राकेश परीयार, चित्रबहादुर बस्नेत, घोराही उपमहानगरपालिकाका माधवकुमार गिरीलाई पक्राउ गरेको छ ।
प्रहरीले जुहाँडेको साथबाट नगद १० हजार चार सय ३० रुपैयाँसमेत बरामद गरेको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई जुवा ऐन २०२० अन्तर्गत मुद्धा चलाइएको दाङ प्रहरीले जनाएको छ ।