१० लाख लुट्ने मनाङे विरुद्ध सदरमुकाम चामेमा स्थानियको प्रदर्शन

१० लाख लुट्ने मनाङे विरुद्ध सदरमुकाम चामेमा स्थानियको प्रदर्शन


हिमाली जिल्ला मनाङको नारफू गाउँपालिकाको मेतामा १० लाख लुटेर स्थानियको अपहरण गर्ने गुण्डा नाइके राजीव गुरुङ (दीपक मनाङे) र उनी संलग्न पार्टी नेकपा एमाले बिरुद्ध प्रदर्शन गरिएको छ । शान्त जिल्ला मनाङमा आतंक बढेको भन्दै नागरिकहरुले सुरक्षाको माग गर्दै सदरमुकाममा प्रदर्शन गरेका हुन् ।

मनाङेले एमालेको चुनाव प्रचार गर्न नार फू गाउँपालिका पुगेका बेला स्थानिय होटल ब्यवसायीसँग रकम लुटेका हुन् । रकमसँगै मनाङे समुहले रातको ११ बजे ब्यक्तिको अपहरण गरेर नार पु¥याएका थिए । एमाले मनाङले मनाङेलाई प्रदेशतर्फ मनाङ– ख को प्रत्यक्षतर्फ उम्मेद्वार सिफारिस गरेपछि चुनावी प्रचारमा आए लगत्तै उनले जिल्लामा त्रासको वातावरण बनाउन थालेका छन् । मनाङगेको समुहले मनाङको नारफूमा स्थानीयलाई चुट्ने र १० लाख रकम लुटेको घटना सार्वजनिक भए लगत्तै विभिन्न ठाउँका स्थानियलाई हात काटिदिने सम्मको धम्की दिएको जानकारी प्राप्त भएको छ ।

मनाङगेले माथिल्लो मनाङमा मजदुरी गर्दै आएका गोरखालीहरुलाई चुनावमा आफुलाई भोट नहाले हात काटीदिने धम्की दिएका छन्। उनले मत नदिने आफन्तहरुलाई छुट गरेर औंला मात्र काटिदिने र मत नदिने आफन्त नपर्नेहरुलाई हात छिनाउने धम्की दिएका छन् । मनाङगेले अपहरण गर्ने हात काटिदिने कुटपिट गर्न थालेपछि स्थानियहरु आतंकित भएका छन् । स्थानिय प्रसासन भने उनको खातिरदारीमा लागेको गुनासो स्थानिय पिडितहरु बताउँछन् ।

नेपाली काँग्रेसले जिल्लामा गुण्डाराज मौलाउन थालेको भन्दै प्रशासनलाई दवाव दिन प्रदर्शनको गरेको छ । शान्त जिल्लामा चन्दा आतंक र गुण्डागर्दी बढाएको बारेमा स्थानिय नेताहरुले काठमाडौंमा गृह प्रशासनलाई समेत जानकारी गराएका छन् । तर प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले गम्भिरता नदेखाउँदा समस्या सिर्जना भएको पिडितहरुको गुनासो छ ।