लण्डन । चीनमा पाइने पण्डाको बारेमा प्रजननका लागि भन्नुपर्दा यस प्राणीको आचरण एकदमै खराब हुन्छ भन्छन् तर ती पाण्डाहरुका गोबरचाँहि अर्ग्यानिक मलखादको रुपमा अब्बल दर्जाको मानिएको छ । एक जना चीनका व्यापारीले पाण्डाले परित्याग गरेको मलिलो गोबर दशटन जति आफ्नो चियाखेतीमा टन्न प्रयोग गरेका रहेछन् । आन यान्शी नाम गरेका व्यक्तिले संसारको सबैभन्दा महँगो चिया उत्पादन गरेका समाचार प्रकाशमा आएको छ । उनले उत्पादन गरेका एक कप चियाको मूल्य एकसय एकतीस पाउण्ड स्टर्लिङ पर्ने कुरा समाचारहरुमा उल्लेख गरेका छन् ।
प्रथमपल्ट उनको चिया बगानबाट चियाका मूनाहरु टिप्न उनले पाण्डाको मुखौटा र पाण्डारुपी पहिरन गरेका थिए । पछिल्लो हप्ता सम्प्रेषन गरेका समाचारहरुमा उनले टिपेका त्यही हरियो चियापत्ती प्रतिकिलो ४३,८०९ पाउण्ड रकममा बिक्री भएको जानकारी समाचारहरुमा उल्लेख गरेका छन् । चीनको दक्षिणपश्चिमस्थित सिचुवान प्रान्तको यान पहाडमा उनले सात हृयाक्टर जमीनमा चिया खेती गत नोभेम्बर महिनाबाट शुरु गरेका रहेछन् । पूर्व शिक्षक यान्शीले चियाबारे स्वास्थ्यको चर्चा गर्दा उनले … साधारणतया पाण्डाहरुले ग्रहण गरेका आहारको ३० प्रतिशत पौष्टिक तत्व मात्र पण्डाको शरीरले ग्रहण गर्छन् बाँकी सत्तरी प्रतिशत पौष्टिक आहार गोबरको रुपमा परित्याग गर्छन् र त्यही मलबाट सिञ्चित चिया स्वास्थ्यको लागि लाभदायक हुन्छ… भनेका छन् । उनका अनुसार उनको यो पहिलो ब्याचको हरियो चियापत्तीहरु राम्रो वास आउने र अति नरम रहेको कुरा बताएका छन् । तर, यो कुरा खरिदकर्ताहरुमाथि भरपर्ने कुरा खुलस्त गरेका थिए । संसारको सबैभन्दा महँगो कफीको मूल्य प्रति कप पचास पाउण्डसम्म पर्छ । यो सबैभन्दा महँगो कफी सिभेट, एक प्रकारको बनविरालोको गोबरबाट उत्पादन गरिन्छ । श्रोत – मेट्रो, मेस ।
प्रतिक्रिया