विमला राईसहित ६ सय नेता-कार्यकर्ता एमालेमा प्रवेश

विमला राईसहित ६ सय नेता-कार्यकर्ता एमालेमा प्रवेश


नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य विमला राईसहित ६०० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनिहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

खोटांग दिक्तेल निवासी राई विगत लामो समय देखि काँग्रेसको गाँउ स्तरदेखि केन्द्रसम्म कार्य गरेकी थिइन । राईको सबै परिवार जम्मजात काँग्रेसी छन् ।

त्यस्तै अखिल नेपाल ट्रेड युनियनका केन्द्रिय सदस्य निमा लामा पनि नेकपा एमाले प्रवेश गरेका छन्। दोलखा एमाले जिल्ला कमिटीका डिसिएम दिपक राउत र युवा संघका उपाध्यक्ष रमेश पौडेलको विशेष पहलमा ठुलोको संख्यामा अन्य दल परित्याग गरी एमाले प्रवेश गरेका छन् ।

त्यस्तै युवा संघका केन्द्रिय विभागिय सदस्य प्रकाश कार्की र राम कुमार राउतको संयोजनमा तीनकुने देखि पार्टी कार्यालय सम्म हजारौंको संख्यामा मोटर राइकल र्याली निकालेर भव्यताका साथ पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गतेका लागि प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकिइसकेको सन्दर्भमा निर्वाचनलाई सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउनु राज्यका सबै अंगहरुको दायित्व भएकोे बताए ।

कुनै पनि बहानामा निर्वाचन सार्ने वा प्रभावित पार्ने काम कसैबाट हुनु हुँदैन, उनले भने ।