डोटीमा बस दुर्घटना, तीनको मृत्यु, १८ जना घाइते

डोटीमा बस दुर्घटना, तीनको मृत्यु, १८ जना घाइते


डोटी बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन् ।

बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज बिहान दुर्घटना भएको हो । बिपीनगर र घाँगलबाट उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिनुभयो ।