लण्डन । राष्ट्रको नयाँ युवा प्रमुखलाई थप तीनवटा जिम्मेवारी दिएर उत्तर कोरियाले आज भू-उपग्रह रकेटबाट प्रक्षेपण गरेको छ । उन्हा-३ नामको सो रकेट उत्तर कोरियाको तटीय सानो शहर तेङचाङ-रीबाट प्रक्षेपण गरिएको थियो । तर, प्रक्षेपण गरेको एक मिनटभित्र नै आकाशमा विष्फोटपश्चात् टुक्रिँदै पहेंलो समुन्द्रमा खस्न पुगेको थियो । उत्तर कोरियाली सञ्चार मध्यमले यस प्रक्षेपणबाट मुलुकका लागि मौसमको जानकारी र कृषी क्षेत्रमा सर्वेक्षणको काम गर्ने बताएको थियो । तर, यस विषयका विज्ञहरुका अनुसार प्रक्षेपण गरिएको रकेट यदि सफल भएको भए यसले युरोपका मुलुकहरुमा सोझै अणुबम प्रहार गर्ने क्षमता राख्दथ्यो भनिन्छ । तर, कुन प्राविधिक कारणले गर्दा प्रक्षेपण विफल भयो सो थाहा लागेको छैन ।
बेलायत, अमेरिका र जापानले यस प्रक्षेपणले राष्ट्रसंघले प्रतिवन्धित गरेको अणुअस्त्र मिसाइल विकासको कानूनलाई उलङ्घन गरेको कुरा व्यक्त गरेका छन् । अति नै गोप्य मानिने उत्तर कोरियाली राष्ट्रको प्यारो नेता किम दि्वतीयका एक सय जन्म जयन्ती र प्यारो नेता किम जुङ इल बितेको चार महिनापश्चात् हालको प्यारो नेता किम जुङ उनलाई सत्तासीन पार्टीको सचिव, आफ्नै बुबाको रिक्त स्थान पद, सेन्ट्रल मिलिटेरी कमिशनका अध्यक्ष र शक्तिशाली पार्लियामेन्ट ब्यूरोका अभिभारा देशले सुम्पेको छ । मुलुकका अन्तरीक्ष मामलाका अधिकारीहरुले आजको यस प्रक्षेपणलाई किम दि्वतीय सुङ, हालको प्रशासक किम जुङ उनका बाजेलाई उन शतवार्षिकी जन्मजयन्तीको उपहार भनेका थिए । तर, यो प्रक्षेपण असफल भएको छ । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया