अल्डरशट / ग्रेटर रशमूर नेपाली कम्युनिटिको आयोजनामा नेपाली नयाँ बर्ष २०६९ मनाउने कार्यक्रम भव्यताकसाथ सम्पन्न भएको छ। नेपाली एबम बेलायती राष्ट्रिय धुन बजाउदै सुरु भएको उक्त कार्यक्रमको उदघाटन रशमूर बोरोह काउन्सिलका मेयर Alex Crawford र ग्रेटर रशमूर नेपाली कम्युनिटिका अध्यक्ष भूपू मेजर टिकेन्द्र दल देवानले संयुक्त रुपमा पानसमा बत्ति बाली गरेका थिए। नयाँ बर्षकै दिन पारी शुभकामना आदान प्रदान एवं वर्षभरिको दुस्ख बिर्सी भावी सुनौलो समयको परिकल्पनाका साथ बिदेशी भूमिमा बिदेशी पाहुनाकासँग नव बर्ष मनाउने र सांकेतिक रुपमा आ-आफू बीच एवं फरक कमिटी बीच आपसी सकारात्मक तालमेलको लागि के गर्न सकिन्छ भन्ने बिषयलाई समेत छुने कोशिस गरिएको उक्त कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो।
पहिलो चरणको कार्यक्रम संचालन गर्दै ग्रेटर रशमूर नेपाली कम्युनिटिका महा सचिव रोहित गुरुङले कार्यक्रमको उदेश्य र सार्थकता बिषयमा प्रकाश पार्दै हेल्थ एन्ड सेफ्टि सम्बन्धमा सबैलाई जानकारी गराएका थिए भने संस्थाका उपाध्यक्ष एवं नयाँ बर्ष २०६९ कार्यक्रमका संयोजक ओमा थापाले उपस्थित सबैलाई श्वागत गर्दै आफ्नो अति नै व्यस्तताको बाबजुद पनि हाम्रो निमन्त्रणालाई स्वीकारी उपस्थित हुने रशमूर बोरोह काउन्सिलका मेयर Alex Crawford र उनकी धर्म पत्नी, एनआरएन यूकेका अध्यक्ष कुल आचार्य, बेलायतका लागि नेपाली दूताबासका काउन्सिलर सहचारी खिमानन्द भुसाल, रशमूर बोरोह काउन्सिलका Julia Graham र उनका पार्टनर प्रहरी बरिस्ठ उपरिक्षक Mark Chatterton र उनकी धर्म पत्नी बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू र नेसनल युनियन अफ स्टुडेन्टका केन्द्रिय सदस्य सूर्य प्रकाश भट्टलगायत उपस्थित सबैलाई धन्यबाद दिँदै कार्यक्रमको सफलताको लागि सहयोग गर्नु हुने गुल्मी समाज यूकेका सल्लाहाकार गोकर्ण बिष्ट, कार्यसमितिका महासचिव रोहित गुरुङ, सचिब धन छेत्री, कोषाध्यक्ष राम धन राई, प्रबक्ता जिब बेल्बासे, सास्क्रितिक सचिब रबी गुरुङ्, कार्यक्रमको दोस्रो चरणका संचालक एवं सदस्य पुष्पा गुरुङ र नव युवाका अध्यक्ष शिला लिम्बू, फोटो पत्रकार मिलन तमु, कार्यक्रममा उपस्थित सबैलाई प्रचुर मात्रामा मनोरन्जन दिने कौडा नाचका नर्तकी छबी माया पुन, शेस कुमारी पाली, धन कला थापा, दिल माया बुढाथोकी, वलिवुड नाच प्रस्तोता सिता गुरुङ, गीतकार ममता गुरुङ, प्रथम नौमति बाजा गुल्मी यू के संयोजक टोप पाली र उनको समुहका सदस्य ओम बूढाथोकी, पूर्ण बराल, बिन भुजेल, थाम राना, कुमार रोक्का, तीर्थ शाही, तिल थापा, सकेला नाचका प्रस्तोता निलिमा, निशा, रेनुका, मेलिना, पवित्रा र ममता, ब्रेक डान्स प्रस्तोता बिष्णु गुरुङ, दोहोरी गायक बद्री के.सी., देवी उपाध्याय, मनिसा काउचा तथा हल प्रायोजन गरी स्वादिस्ठ भोजन उप्लब्ध गराउने निर्माया रोधी घरका प्रबन्धक गणेश गुरुङ, बाचस्पती रेग्मी साथै निर्माया रोधी घर परिबारमा हार्दिक धन्यबाद ज्ञापन गरेका थिए।
कार्यक्रममा शुभकामना मन्तब्य दिने क्रममा रशमूर बोरोह काउन्सिलका मेयर Alex Crawford आफ्नो स्तरबाट हुन सक्ने सम्पूर्ण खाले सहयोग भू पू गोर्खा एवं समस्त नेपाली जनहरूलाई गर्ने बचन दिँदै मेयर च्यारिटीमार्फत भू पू गोर्खाहरुलाई सहयोग गरेको र आगामी दिनमा समेत आफ्नो तर्फबाट हुन सक्ने सम्पूर्ण खाले सहयोग गोर्खाहरुका लागि भनि आफूले गोर्खाहरूको उच्च मूल्यांकन गर्ने गरेको बताउनुका साथै मेयर च्यारिटीमा (साइकिल दौड) नव यूवाको सहयोग अति नै प्रशंसनीय रहेको जनाएका थिए भने प्रहरी बरिस्ठ उपरिक्षक Mark Chattertonले ग्रेटर रशमूर नेपाली कम्युनिटि र संस्थाका अध्यक्ष भूपू मेजर टिकेन्द्र दल देवानको सहयोगबिना प्रहरिबाट दिइने सेवा अपूरो हुन सक्ने कुरा जानकारी गराउँदै संस्था र संस्थाका अध्यक्षको प्रशंसामै केन्द्रित रहेका थिए।
शुभकामनाकै क्रममा एन आर एन यू के का अध्यक्षले आफ्नो ब्यक्तिगत एवं एन आर एन यू केको तर्फबाट उपस्थित सबैमा नव बर्ष २०६९को शुभकामना दिँदै नेपालीहरूको राजधानीको रुपमा रहेको रशमूर एरियामा रहेको नेपालीहरूको साझा संस्था ग्रेटर रशमूर नेपाली कम्युनिटि एन आर एन यू केको काउन्सिल सदस्य रहेको र यसको सफलता नै एन आर एन को सफलता हो भन्दै खचाखच भरिएको हल सकारात्मक सूचक रहेको बताई आगामी मे २० २०१२ मा हुने एन आर एन यूकेको काउन्सिल बैठकमा सहभागीताको लागि सम्पूर्ण संघ संस्थाहरुमा आव्हान गरेका थिए भने बेलायतका लागि नेपाली दूताबासका काउन्सिलर सहचारी खिमानन्द भुसालले सबैमा शुभकामना दिँदै नेपाली नयाँ बर्ष कार्यक्रममा बेलायतका उच्च पदस्थ नेता तथा प्रहरी प्रशासन समेतको उपस्थितिले बेलायती जनता र नेपाली बीचको आपसी सकारात्मक तालमेल एवं हार्दिकतालाई पुस्ठि गरेको कुरा व्यक्त गरेका थिए।
त्यसैगरी ग्रेटर रशमूर नेपाली कम्युनिटिका अध्यक्ष भूपू मेजर टिकेन्द्र दल देवानले समस्त जनहरुमा शुभकामना दिँदै ग्रेटर रशमूर नेपाली कम्युनिटिले सदैव समस्त नेपाली एवं फरक संस्कृति बोकेका जनहरू तथा प्रहरी, प्रशासन, नेतालगातलाई आफू र आफ्नो संस्थाको तर्फबाट सकारात्मक सहयोग गरेको, गरिरहेको र गरिरहने कुरा व्यक्त गर्दै नेपालीहरू बीच पर्न जाने कुनै पनि किसिमका समस्या बिषयमा ग्रेटर रशमूर नेपाली कम्युनिटिलाई सम्पर्क गर्नु हुन सबैमा आव्हान गरेका थिए।
अध्यक्ष देवानको अनुमतिले पहिलो चरणको कार्यक्रम महासचिब रोहित गुरुङबाट समापन गरे पश्चात दोस्रो चरणको कार्यक्रम पुष्पा गुरुङ र शिला लिम्बूले सन्चालन गरेका थिए भने सास्क्रितिक सचिव रबी गुरुङले प्राबिधिक सहयोग गरेका थिए।
नौमति बाजा, कौडा नाच, सकेला नाच, ब्रेक डान्स, हलिवुड डान्स, नेपाली लोक दोहोरी जस्ता अतिनै मनोरन्जनात्मक कार्यक्रमले हल गुन्जयमान भएको भने कार्यक्रमको अन्त्यसम्म पाहुना लगायत सबैले कमर मर्काई-मर्काई नाचेर मनोरन्जन लिएका थिए।
अत्यन्तै सौहाद्रपूर्ण रुपमा सम्पन उक्त कार्यक्रममा रशमूर बोरोह काउन्सिलका मेयर Alex Crawford र उनकी धर्म पत्नी, रशमूर बोरोह काउन्सिलका Julia Graham र उनका पार्टनर, प्रहरी बरिस्ठ उपरिक्षक Mark Chatterton र उनकी धर्म पत्नी ग्रेटर रशमूर नेपाली कम्युनिटिका अध्यक्ष भूपू मेजर टिकेन्द्र दल देवान,एनआरएन यूकेका अध्यक्ष कुल आचार्य, उपाध्यक्ष थर्क सेन, सहसचिब सुस्मा राइ, कोषाध्यक्ष दिलरज गुरुङ, प्रबकता जिब बेल्बासे, सदस्य गणेश गुरुङ, तमुधी यूकेका अध्यक्ष मछेत्र गुरुङ, छेत्री समाज यू केका अध्यक्ष भीम बानिया,बी जी डब्ल्यु एसका प्रबक्ता प्रकाश गुरुङ, जी आर एन सी प्रमुख सल्लाहाकार भूपू मेजर डमर घले, सल्लाहाकार सूर्य गुरुङ, भूपू मेजर कुल थापा, भूपू मेजर सूर्य उप्ध्याय, दिपक न्यौपाने, राम चन्द्र गुरुङ, भू पू क्याप्तेन राजेन्द्र मान गुरुङ, कार्य समिति उपाध्यक्षद्वय सशी पौडेल, ओम थापा, महासचिब रोहित गुरुङ्, सचिब धन क्षेत्री, कोशाध्यक्ष राम धन राई, सहकोषाध्यक्ष छबी माया पुन, सास्क्रितिक सचिब रबी गुरुङ्, खेलकुद सचिब अशोक थापा, सदस्य पुष्पा गुरुङ्, राजेन्द्र गुरुङ, टीका राम गुरुङ, सरिता थापा, शेस कुमारी पाली, बाचस्पती रेग्मी लगायत धरैजसो संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।-जिब बेल्बासे, तस्वीरसहित
प्रतिक्रिया