सामूहिक बलात्कारको शिकार भएकालाई एचआईभी

सामूहिक बलात्कारको शिकार भएकालाई एचआईभी


लण्डन । एक जना व्यापारीलाई दक्षिण अफ्रिकी जेलमा लगातार बलात्कार गरेको कारणबाट उनी एचआईभी पोजिटिभ हुन गएको कुरा प्रकाश पारेको छ । मल्टि-मिलियन पाउण्ड रकम बराबरको धोखाघडी गरेको आशंकामा रग्बी खिलाडी गारेथ थोमसका बिजेनस पार्टनार सिन स्मिथलाई १९ महिनासम्म दक्षिण अफ्रिकास्थित सेन्ट आल्बान्स जेलमा जेल चलान गरिएको थियो । त्यतिबेला उनलाई त्यहाँका कैदिहरुले दिनहुँ आठपटकसम्म सामुहिक बलात्कार गरेको कुरा उनले भनेका छन् । सन् २००७सालमा नब्बे जना कैदिहरु रहेको एउटा कैदखानाको कोठामा उनलाई राखेको थियो । ४२ वर्षीय सिन स्मिथलाई ती कैदीहरुले सामूहिक बलात्कार गरेका थिए । उनले … म एक मात्र गोरा भएको कारणले गर्दा त्यहाँका काले कैदीहरुले बलात्कार मात्र नभई गोराहरुउपर कालेहरुका बर्चश्व देखाउने खालको व्यवहार ममाथि गरेका थिए ..मलाई महिनौसम्म उत्पीडन र यातना दिँदै महिनौसम्म म एक्लै माथि बल प्रयोग गरेर यस्ता कृकृत्य गरेका थिए… म विवश थिएँ, म अन्तमा हाडछालाको मात्र रहन पुगेको थिएँ … भनेका छन् । ३० किलोमिटर वर पोर्ट एलिजाबेथ बाहिर नौ महिनापछि परिक्षण गर्दा आफुमा एचआईभी पोजिटिभ भएको थाहा लागेको कुरा बताएका छन् । यसपछि आफू आफैलाई ख्याल गर्न छाडेर जाँगर शून्य हुँदै एकदमै शारीरिक र दिमागी हिसाबले टुट्न पुगेको कुरा भनेका छन् ।
सिन स्मिथ धरौटीमा जेलबाट मुक्त हुनसाथ ग्लेमोरगान, साउथ वेल्शस्थित ब्रिटिश हाइ कमिशनको एउटा कारको बुटमा बसेर लिसोथो पार गरेको कुरा बताएका छन् । यसपछि बेलायत आई पुगेर परिक्षण गर्दा उनको दिमागमा लिम्फोमा रहेको कुरा पनि थाहा लागेको छ । बेलायतको होम अफिससंग दक्षिण अफ्रिकी सरकारले उनीमाथिको मुद्धालाई लिएर उनलाई दक्षिण अफ्रिका झिकाउनलाई पहल गरेको कुराचाँहि थाहा भएको छैन । श्रोत -मेट्रो, सुमल, मेस ।