बेलायतको बेरोजगारी संख्यामा कमी

बेलायतको बेरोजगारी संख्यामा कमी


लण्डन । बेलायतका राष्ट्रिय तथ्याङ्क कार्यालयले डिसेम्बरदेखि फेब्रुअरीसम्मको बेरोजगारहरुको संख्या २६ लाख ५० हजारमध्ये ३५००० बेरोजगार घटेको कुरा पुष्टि गरेको छ । बिगत १२ वर्षदेखिको सर्वाधिक बेरोजगारहरुको संख्या ८ दशमलव ४ बाट अहिले पहिलोचोटि ८ दशमलव ३ मा झरेको उल्लेख गरेको छ । यो तथ्याङ्क पोहोर सालको बर्षायामदेखि अहिलेसम्मको हो । मार्च महिनामा बेनेफिट खानेहरुका संख्यामा थप तीन हजार छ सय पुगेको छ । हाल बेनेफिट खानेहरुका संख्या १६ लाख दश हजार पुगेको छ । सन् २००९ देखि अहिलेसम्मको तथ्याङ्कमा बेनेफिट खानेहरुका संख्यामा यो सबैभन्दा बढी रहेको कुरा उल्लेख गरेको छ । टीयूसीका सचिव ब्रेण्डन बारबरले … जतिखेर कामको संख्या बृद्धि हुन्छ त्यसलाई हामी स्वागत गर्छौ तर वास्तवमा फुलटाइम काम गर्नेहरुका संख्या घट्दै गइरहेका पनि छ र हाल १४ लाख पार्टटाइम कामहरुमा मानिसहरु फसिरहेका छन् … भनेर उद्धृत गरेका छन् । तर यसै सन्दर्भमा श्रममन्त्री क्रिस ग्रेलिङले … हामीले एउटा कुरा के देखिरहेका छौ भने बढीभन्दा बढी मानिसहरु अहिले पुनः काममा फर्किरहेका छन् … भनेका छन् । १६ देखि २४ वर्षभित्रका कामदारहरुमा दशलाख तीनहजार जतिले काम पाइसकेका छन् जुनचाँहि एउटा भरोसालाग्दो समाचार प्राप्त गरेको छ । यद्यपि युवकहरुको बेरोजगार प्रत्तिशत भने अझ पनि २२ दशमलव २ प्रत्तिशत माथि नै रहेको छ । श्रोत -नेट, सुमल, मेस ।