लण्डन । एक जना आमाले नवजात शिशु छोरी जन्मेपछि केही समयपछि मृत्यु भएकी शिशुलाई परिवारको डरले बगैचामा फालेकी थिईन् । सो घटनाको विवरण आदलतको सुनवाइबाट थाहा लागेको छ । शिशुकी आमा खानदानको ईज्जतका कारण र आफ्नो कट्टर मुश्लिम परिवारले परित्याग गर्ने डरले सो घृणित कार्य गर्न पुगेकी थिईन् । कार्यालय व्यवस्थापिका पद्मा रही काम गर्दै आएकी फतिमा अलिले आफ्नो परिवारको चाहनालाई लत्याउँदै एक जना बंगलादेशी पुरुष, काजी मोहम्मद दिलवार हुसैनसँग प्रेम गरेर विवाह पूर्व अन्तरङ्ग सम्बन्ध स्थापित गरेकी थिईन् र यस सम्बन्धबाट गर्भ रहेकी थिईन् । यस गर्भलाई उनले कसैलाई थाहा नपाउने गरी लुकाउँदै आएकी थिईन् । प्रेमीले उनलाई एबोर्सन गरेर बच्चा फाल्नका लागि सुझाव दिएका थिए । उनका परिवारले यो सम्बन्धलाई मन पराएका थिएनन् । आफ्नो म्यान्चेस्टर, बरीस्थित घरको बेडरुममा एक्लै एउटी शिशु छोरीलाई उनले जन्माईन् । २६ वर्षीय अलिले आफूबाट जन्मेकी नवजात शिशुको आफै नाल काटेर सालको पछ्यौरामा लपेटेर राखेकी थिईन् । दुईघण्टापश्चात् शिशुको मृत्यु भएको थियो । बच्चालाई त्यही सालको पछ्यौरामा पोको पारेर साथीको घरको बगैचामा राखेकी थिईन् । त्यसपछि उनि आफन्तहरुसँग बाहिर घुम्न गएकी थिईन् । त्यसबेला अलि काका काकीको घरमा बस्दै आएकी थिईन् । बगैचामा राखेकी बच्चालाई त्यसघरको व्यक्तिले फेला पारेका थिए र प्रहरीलाई तत्काल खबर गरेका थिए । सेप्टेम्बर २०१० सालमा बच्चा फेला परेको तीन हप्तापछि फतिमा अलिलाई प्रहरीले गिरफ्तार गरेको थियो । उनले रुँदै अदालतमा बच्चा गर्भमा रहेको र जन्माउन अरुलाई ओझेलमा राखेकी, शिशु जन्माउँदा चिकित्सकको परामर्श नलिएकी र बच्चामाथि क्रुरता दर्शाउँदै मृत्युको मुखमा पुर्याएकी कुरा स्वीकार गरेकी छिन् । अलिलाई अदालतले २६ महिनाको जैल सजाए, दुईवर्षको लागि सस्पेन्स र उनलाई १२ महिनासम्म सुपरभिजनमा बस्ने सजाए सुनाएको छ । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया