आगलागीबाट ६७ लाखको क्षति

आगलागीबाट ६७ लाखको क्षति


मोरङस्थित मिक्लाजुङ गाउँपालिका–५ का भूपेन्द्र कार्कीको घरमा विद्युत सर्ट भएर आगलागी भएको छ । कार्कीको दुईतले घरमा आगलागी हुँदा आइतबार साँझ आगलागी हुँदा ६७ लाख बढीको क्षति भएको छ ।

कार्कीका अनुसार आगलागीबाट घर, भान्सा घर, नगद रु दुई लाख, किराना पसल, होल्डर मिल, सुन, तथा घरभित्र भएको सम्पूर्ण सामान र अन्नपातसमेत जलेर नष्ट भएका छन् ।

आगोलाई मोरङको सुन्दरहरैचा र झापाको दमकबाट आएका दमकल तथा स्थानीयवासीको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।