अंग्रेजीको राम्रो ज्ञान नभएका डाक्टरहरुलाई निकालिने

अंग्रेजीको राम्रो ज्ञान नभएका डाक्टरहरुलाई निकालिने


लण्डन । बिमारीहरुलाई भाषाका कारण उपचार गर्दा खतरा हुने भएकोले गर्दा बिदेशी डाक्टरहरुलाई बेलायतमा यदि उनीहरुको अंग्रेजी अपेक्षा गरिएको भन्दा कमजोर साबित हुन्छ भने नोकरीबाट निकाल्ने कुरा समाचारहरुमा प्रकाश पारेका छन् । स्वास्थ्य सचिव एण्ड्रिु ल्यान्स्लेले काम गरिरहेका डाक्टरहरुको अंग्रेजी भाषाको परिक्षा अबदेखि लिने भएको कुरा प्रकाश पारेका छन् । बाहिरका डाक्टरहरुको अंग्रेजी भाषाको स्तर बेलायती चिकित्सा व्यवसायमा प्रचलन दवाइहरु र चिकित्सा पद्धतिबारे राम्रो ज्ञान भएको हुनुपर्छ भनेका छन् । हाल लगभग २३००० युरोपियन युनियनअन्तर्गत पर्ने राष्ट्रहरुका डाक्टरहरु बेलायतको एनएचएमी दर्ता छन् । तर, यी डाक्टरहरुको अंग्रेजी भाषामा राम्रो पकड छ वा छैन भन्ने कुराको निर्क्यौल नै नगरी उनीहरुलाई डाक्टरी पेशामा दर्ता गराएका छन् । ल्यान्स्लेले…यो एकदमै गहन कुरा हो जुनचाँहि अहिले हामीले सही कदम चालिरहेका छौ ..स्पष्ट कुरा भन्नुपर्दा यदि एक जना डाक्टरले बेलायतमा राम्रोसँग अंग्रेजी बोल्न आउँदैन भने बिमारीलाई प्रभावकारी ढंगबाट उपचार गर्न सकिन्न र यसले कतिपय अवस्थामा बिमारीको रोग खुट्याउन नसक्दा रोगीको सुरक्षामा खतरा पुग्न सकिन्छ …भनेका छन् ।
त्यसकारण उनले भनेअनुसार सही विवेक पुर्याएर एनएचएसमा दर्ता भएका डाक्टरहरुलाई अंग्रेजी भाषाको ज्ञानबारे जाँच लिएर यदि उनीहरुको अंग्रेजी स्तर कमजोर रहन्छ भने त्यस्ता डाक्टरहरुलाई कामबाट खारेज अथवा दर्ता भएको सूचीबाट निकालिनु पर्ने कुरा जाहेर गरेका छन् । यस कार्यका लागि ५०० जना वरिष्ठ जिम्मेवार अधीकृत डाक्टरहरुले अस्पतालहरुमा अंग्रेजी भाषाको परिक्षा लिने छन् । सन् २००८मा क्याम्ब्रिज शायरका डेभिड ग्रेको मृत्युपश्चात् जेनेरल मेडिहल काउन्सिलले डाक्टरहरुका लागि अंग्रेजी परिक्षामा कडाइ गर्दै आएको छ । ७० वर्षीय डेभिडको मृत्यु एक जना बेलायतमा कार्यरत् जर्मन डाक्टर, डेनियल उबानीले डायमोफिर्नको साधरण डोजभन्दा दशगुणा बढी डोज दिँदा डेभिडको मृत्यु हुन गएको थियो । डाक्टर डेनियल जर्मन र बेलायतको डोज परिमाणमा कन्फ्यूज भएको कुरा सामुन्ने आएको छ । -सुमल, श्रोतः नेट