-मुकेश राई
बादल बिद्रोह गर्छ
बोकेर खोलहरु अनन्त सम्भावनाका
छेकिएर स्वाभिमानका पहाडहरुमा
प्रतिध्वनित आवाज…….
कवि तथा गजलकार मिजास तेम्बेको कविताको यी हरफहरुले मलाई जति आकर्षित बनाउँछ उत्तिनै वा अझै त्योभन्दा बढी मलाई बी एफ बी एस रेडियोको कविता कुसुम कार्यक्रममा माथिको कविता वाचन गरिरहेको कार्यक्रम प्रस्तोता योगराज राईको विशिष्ट स्वरले मोहित बनाउँछ । कार्यब्यस्तताले गर्दा प्रायस् रेडियो सुनेर बस्न भ्याईन्न बेलायतमा यो यथार्थ हो तर पनि यता उता जाँदा गाडीमा नै भएता पनि सुन्ने अवसर जुर्याईदिएको छ बी एफ बी एस रेडियोले तर सिमित क्षेत्रसम्म मात्रै तर मौका पाएसम्म म समाचार अनि साहित्यिक कार्यक्रमहरु सकभर नछुटाई सुन्ने प्रयत्न गर्छु । कतिपय साथीहरुले साहित्यिक माहौल जम्दा भन्छन् कविता जति शशक्त हुन्छ त्यस्लाई श्रोता र दर्शकसामु वाचन गरेर सुनाउदा वाचन गर्ने शैलीले झनै उत्कृष्ट बनाउँछ जुन मलाई योगराज राईको यस् कार्यक्रम सुनेर आभास भएको छ । रेडियो कर्मी अर्थात योगराज राई पेसाले ब्रिटिश सेनाका गोर्खा सिपाही हुन् । ई सं १९९१ सालमा भर्ती भएका योगराज राई क्वीन्स गोर्खा ईन्जिनियरका सिपाही हुन् । २००५ सालमा उनले ब्रिटिश ब्रोडकास्टिङ सर्भिसको गोर्खा रेडियोमा आबद्ध हुने मौका पाए जो उनले चुकाएनन् अहिले आएर उनी एक अति नै कुशल अनि आकर्षक स्वरका प्रस्तोताको रुपमा सुपरिचित छन्, जुन मैले यहाँ लेख्नभन्दा धेरै संसारभरि बी एफ बी एस् रेडियो अनलाइन सुन्ने श्रोताहरुलाई ज्ञात छ ।
अहिलेको युग विज्ञान र प्रविधिको युग, विध्युतीय संजालले हरेक कुरो यति सहज बनाइदिएको छ यो बिनाको जीवन साँचै नै अधुरो नै लाग्छ । यसैसगँ केही विकृति पनि भित्रिएका छन् जसमा कुनै शंका नै छैन तर बढी असल कुरो नै आएका छन् । प्रयोगकर्ता सचेत हुन भने महत्वपूर्ण छ १ यही विध्युतीय संजालको सुखद प्रतिफल र उनै आकर्षक स्वरका धनी योगराज राई र सुमधुर स्वरकी गायीका अनिला राईको प्रयत्न अनि सेवाभावबाट जन्मिएको वेब हो सुन्नुहोस् डट कम (बेलायतबाट् संचालित सायद हुनसक्छ विश्वमा नै पहिलो) एकमात्र अडियो वेब तपाईंहरुले रेडियोको नेपाली कार्यक्रमहरु सुन्न नभ्याइरहेको अवस्थामा तपाईंले भ्याएको बेलामा कुनै पनि तपाईंको पायक पर्ने समयमा ताजा समाचारलगायत अन्य कार्यक्रम जस्तो गीतहरु, साहित्य, कला र संस्कृति लगायत पूर्णतय रोचक, खोजमूलक, सन्देशमूलक सामाग्रीहरु सुनेर मनोरन्जन लिन सक्नु हुनेछ ।
अहिले आएर निक्कै ब्यापक बनिरहेको सुन्नुहोस् डट कमले यसरी अडियो कार्यक्रम मात्रै संचालन कार्यमा सिमित नरहेर नेपालमा भइपरि आउने घटनाहरुमा पनि सकेसम्म सहयोगी कार्य पनि गरिरहेको छ । जसमा तनँहु जिल्ला भिरकोट गाविस वडा न। ६ निवासी पदमबहादुर थापा मगरकि छोरी नरिमाया फागुन १७ गते घाँस काट्न जाँदा रुखबाट लडेर गम्भीर घाइते भई हाल पोखराको चरक हस्पिटलमा उपचार भइरहेको र अस्पताल स्रोतकाअनुसार उनको फोक्सो र आन्द्रामा असर परी शल्यक्रिया गरिएकोसाथै दाहिने हातसमेत भाच्चिएको अवस्थामा उपचार भइरहेकोमा उनको घरको आर्थिक अवस्था अत्यन्त नाजुक रहेकाले उनको जीवन रक्षाकोलागि पोखरामा मगर विद्यार्थी संघ कास्कीको अध्यक्ष विनोद रखाली मगरको संयोजकत्वमा नरिमाया बचाऊ समिति गठन गरिएको र समितिले सबैसंग सहयोगकोलागि अपील गरेकोमा सुन्नुहोस् डट कमले बेलायतमा सहयोगार्थ् चन्दा संकलन गरी गत २०६८ साल चैत्र २८ गते, पोखरामा एक विशेष समारोहमा संकलित जम्मा रकम रु ७१ हजार ८ सय ७२ रुपैया ५० पैसा स्वयम नरिमाया थापा मगरलाई नै वेलायतबाट जानुभएका सुन्नुहोस डट कमका प्रतिनिधि फोटोग्राफर राम राईले हस्तान्तरण गर्नुभएको छ । साथै, कार्यक्रममा सुन्नुहोस् डट कमकी कार्यक्रम संचालिका अनु अधिकारी, नरिमाया थापा मगरकी आमा र यो अभियानका संयोजक विनोद रखाली मगरको पनि उपस्थिति रहेको थियो । अहिलेको आफ-आफ्नै ब्यस्तता र बाध्यताले दगुर्नु पर्ने अवस्थामा पनि सुन्नुहोस् डट कमका स्वंयम सेवकहरुले गरिरहेका यस्ता सदभावपूर्ण कार्यलाई एउटा उल्लेखनीय पक्ष मान्नु पर्छ ।
यो वेबको बिषयमा पहिलोचोटि सुन्दा केही अनौठो त लाग्छ नै । यहाँहरुलाई लाग्न सक्छ रेडियो र अन्य धेरै कुरोहरु अरु माध्यमबाटै सुन्न साथै दृष्यावली समेत हेर्न सकिन्छ अब किन चाहियो फेरि यस्तो वेब रु यस्तो विचार आउनु स्वाभाविक नै हो तर यसका अन्य कतिपय कुरोहरुको फाईदा यहाँहरुले अवश्य नै उठाउनु सक्नु हुनेछ । बिशेष गरेर रेडियोमा जस्तो कुनै कार्यक्रम सुन्न समय कुर्नु पर्दैन तपाईंले कुनै समयमा यस् वेबमा रेडियोस्तरको कार्यक्रमलगायत समाचार सुन्न सक्नु हुनेछ साथै आफुले सिर्जना गरेका साहित्यका विभिन्न बिधाका रचनाहरु अडियो बनाएर यस वेबमा राख्न सकिने ब्यवस्था छ ।
अन्त्यमा, यस् वेब साइटको बिशेष उद्देश्य गीतलगायत सम्पूर्ण कार्यक्रमहरु नेपाली मै संचालन गर्ने साथै बहुल भाषाका धनी हामी उपलब्ध भएसम्म जनजाती बिशेष गीतलगायत अन्य सामाग्रीहरुलाई पनि ध्यान दिइने प्रतिबद्धताको साथमा संचालन भएको छ । हामी विश्वभरि छरिएर रहेका नेपालीहरु आफ्नो भाषा, अस्तित्व र पहिचानको माया अनि सम्मान गर्छौ त्यसैलाइ ह्रिदयाङम गर्दै, केही हदसम्म ती कुराहरुलाई टेवा पुर्याउने लक्ष्यको साथमा विशुद्ध नेपाली अनि नेपालप्रति समर्पित कार्यक्रमहरु प्रस्तुत गर्दै आईरहेको छ । हाल यस वेब साईटमा प्रबन्ध निर्देशक योगराज राई अनि प्रविधिक सहयोगी अनि फोटोग्राफर राम राई हुनुहुन्छ । अन्य प्रस्तोताहरु अनिला राई, प्रमिला राई, मुकेश राई, नेपालबाट अनु अधिकारी अनि विशाल भट्टराई, दोहाबाट प्रेम स्याङतान अनि मलेसियाबाट राजकुमार तरेवा हुनुहुन्छ । यसरी स्वंमसेवकको निश्छल भावना बोकेर सुन्नुहोस् डट्कममा संलग्न हुन चाहने ईच्छुकहरुलाई पनि हमेसा स्वागत गर्दछ । यहाँहरु पनि सुन्नुहोस् डटकम सुनेर रमाउनु होला ।
प्रतिक्रिया