प्लम्स्टेड, लण्डन । क्षेत्री समाज यूकेको वार्षिक साधारण सभा सेन्ट प्याट्रिक चर्चको हलमा करीव दुई सयजना क्षेत्रीहरुको सहभागितामा सम्पन्न भएको छ । राष्ट्रिय गीतको साथमा शुभारम्भ गरिएको सो कार्यक्रममा तत्कालीन समाजका अध्यक्ष कृष्णबहादुर अधिकारी क्षेत्रीको सभापतित्वमा पानसमा बत्ती समाजका संरक्षक ध्रुव के.सी. र अध्यक्ष स्वयंले संयुक्त रुपमा बालेर कार्यक्रमको उदघाटन गरेका थिए । समाजको तत्कालीन कार्यकालमा गरिएका कार्यहरुउपरको प्रतिवेदन अध्यक्ष अधिकारीबाट प्रस्तुत गरिएपछि आर्थिक प्रतिवेदन लिएर तत्कालीन कोषाध्यक्ष प्रेम खड्का आएका थिए । नमस्ते रेष्टुरेन्टबाट खानाको प्रवन्ध गरिएको सो कार्यक्रममा तत्कालीन उपाध्यक्ष भीम वानियाले समाजको नीति तथा प्रावधानहरुउपर बूँदागत रुपमा नयाँ नीतिहरुलाई सहभागी क्षेत्री वन्धुहरुसँग परामर्श लिई पारित गर्नका लागि समस्त बुँदाहरु पढ्दै अनि अनुमोदन लिँदै अगाडि बढ्ने क्रममा एक वुँदामा आएर केहीबेर तर्कविर्तकहरु गरिएका थिए । बेलायती कानूनअनुसार अठारह वर्ष उमेर पुगेका छोराछोरीहरु स्वयंमा नै वयस्क भएकाले सो अवधि पार गरेपछि ती बाबुआमाका साथमा रहे तिनलाई सोही परिवारको एकै भाग अर्थात् परिवारभित्र मान्न नसकिने र तिनलाई बेग्लै नै परिवारको रुपमा लिई संस्थामा आवद्ध गराइने भन्ने बुँदामा उक्त बेलायती कानूनअनुसार जायज भए तापनि क्षेत्री समाज एक जातीय संस्था नभई एक सामुदायिक संस्था भएको र यसले नेपाली पारम्परिक रीतिथितिलाई अनि परम्पराहरुलाई यहाँ यूकेका जतनका साथ संर्म्वर्द्धन गर्ने आफ्नो एक मुख्य उद्देश्य बनाएकोले परिवारभित्र एकत्र रहेर पारिवारिकता बनाउँदै आएका समस्त सदस्य उही परिवारभित्र रहने भन्दै उपस्थित सहभागीहरुले अनुमोदन गरेका थिए ।
पूर्व महासचिव महेन्द्र बहादुर क्षेत्रीले सञ्चालन गरेको सो कार्यक्रमको लगत्तै पूर्व साँस्कृतिक सचिव राजकुमार क्षेत्रीले विविध साँस्कृतिक कार्यक्रमको नृत्यहरु विविध कलाकारहरुबाट गरँउ प्रस्तुत गराएका थिए । त्यसपछि, निर्वाचन आयोगका आयुक्त प्रमुअ डा. राम अधिकारी क्षेत्रीले निर्वाचनको अभिभार पुरानो कार्यसमितिको पूर्व अध्यक्ष कृष्णबहादुर अधिकारी क्षेत्रीबाट गरिएपछि लिएका थिए । नयाँ कार्यसमितिमा पुराना कार्यसमितिबाट केही पदोन्नती गरी अनि केही नयाँ व्यक्तिहरुले उमेदवारी दिएका थिए, जो बिना कुनै निर्वाचन निर्विरोध रुपमा चुनिएका थिए । नयाँ कार्यसमिति पूर्व समितिका उपाध्यक्ष भीम बानियाँको नेतृत्वमा उन्नाइस सदस्सीय कार्यसमितिको गठन सोही अवधिमा गरिएको छ । अध्यक्षमा भीम बानियाँ, उपाध्यक्ष प्रेम खड्का, महासचिवमा राजकुमार क्षेत्री, कोषाध्यक्षमा धनबहादुर कुँवर, सहसचिवमा टेक बहादुर जीसी, सहकोषाध्यक्षमा राजा थापा, जनसम्पर्क सचिवमा ध्रव गौतम, साँस्कृतिक सचिवमा सम्झना जीसीसहित श्रद्धा थापा, नरेन्द्र बस्नेत, अनिता के.सी., इन्द्र कार्की, जीवन क्षेत्री, गोविन्द महत, प्रदीप खत्री, धन क्षेत्री, दील जीसी, महेन्द्र के.सी. र महेन्द्र कुँवर रहेका छन् ।
कार्यक्रम दिनभरि चलेको थियो ।-नीर खड्का, मेस, तस्वीरसहित, Please click here to to view the album. Pictures by Narendra Basnet
प्रतिक्रिया