हंगकंगमा पर्वत नाइटको भव्यता

हंगकंगमा पर्वत नाइटको भव्यता


हंगकंग / पर्वत जिल्लामा आँखा सिविरको संचालनको लागि सहयोगार्थ पर्वत मञ्च हंगकंगले हिजो आइतबार पर्वत नाइट भव्यताका साथ आयोजना गरेको छ । विकास गुरुंगद्वारा सञ्चालित र समाजका अध्यक्ष विसन गुरुंगको अध्य्रक्ष्तामा कार्यक्रमको शु्रुवातमा औपचारिक कार्यक्रम रहेको थियो । हंगकंगस्थित विभिन्न संघसंस्थाका पदाधिकारीहरुले अगाडिका सिटहरु खचाखच भरिएका थिए ।
कार्यक्रममा विशेष प्रद्शनीको रुपमा रहेको सांस्कृतिक कार्यक्रमको सं१चालन रीता गुरुंग र प्रदीप माल्बुलले संयुक्त रुपमा गरेकाथिए । इन्द्र जोशी, दुर्गा परियार, पशुपति शर्मा, रीता थापा र गौतम गुरुंग नेपालबाट झिकाइएका कलाकारहरु थिए, जसले प्रशस्तै मनोरञ्जन प्रदान गरेका थिए । समसामयिक तथा दोहोरी गीतहरुको नाचगानले गर्दा दर्शकहरु अत्यन्तै रमाएर कार्यक्रममा सहभागी रहेका थिए । तस्वीरसहित याम तमू, हंगकंग मेस, वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।