लण्डन । सन् २०३०सालसम्म पुरुषहरु र महिलाहरुको जिउने आयुको दूरी घटेर बराबरीमा आउन सक्ने कुरा राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । सन् १९७० ताका महिलाहरु र पुरुषहरुमा जिउने आयुको अन्तर ६ वर्षसम्मको थियो भनेर प्रोफेसर लिस मेहिउले जनाएका छन् । पुरुष र महिलाहरुको बाँच्ने आयु बराबर रहने कुराचाँहि पुरुषहरुको आयुसिमा क्रमिक रुपमा बढ्दै गइरहेकोले थाहा लागेको कुरा प्रकाश पारेका छन् । यस अध्ययनमा धुम्रपान त्याग गरेका धेरै पुरुषहरुका आयु बढ्दै गइरहेको थाह भएको छ । कास बिजनेस स्कुलका तथ्याङ्क विषय पढाउने प्रोफेसर मेहिउले इङ्गल्याण्ड र वेल्शमा ३० वर्ष पुगेका पुरुष व्यक्तिहरुका आयुसम्बन्धी पुरुषहरु कतिसम्म बाँचिन्छ भन्ने कुराको अध्ययन गरिरहेका छन् । मुटुरोगसम्बन्धी उन्ले प्राप्त गरेको जानकारीमा हाल पुरुषहरुले यस रोगलाई दशकौ पछाडि पार्दै स्वास्थ्यको दृष्टिकोणमा मुटुरोगको सम्बन्धमा महिलाहरु समकक्षी आउन सफल भइरहेका कुरा प्रकाश पारेका छन् ।
बेलायतमा सन् २०३०सालसम्म महिला तथा पुरुषहरुका आयु सरदर औसत ८७ वर्षको रहने कुरा अध्ययनले बताएको छ । यसले गर्दा अब दुबै लिङ्गहरु, महिलाहरु तथा पुरुषहरुका आयुसीमा एउटै रहने कुरा भनेका छन् । प्रोफेसर मेहिउका अनुसार विगत २० वर्षदेखि अहिलेसम्म ३० वर्षे उमेर भएका पुरुषहरुको आयु ६ वर्षको हिसाबमा बृद्धि हुँदै आईरहेको थाहा लागेको छ । त्यसकारण यस हिसाबमा विकास हुँदै आए अब आउने २०वर्ष भित्र पुरुषहरुको आयु महिलाहरु बराबर हुने कुरा बताएका छन् । वास्तवमा आयु बढ्ने कारणचाँहि पुरुषहरुले धुम्रपान सेवन् छाड्न थालेकाले भएको हो भनेर किटान गरेका छन् । सन् १९२० ताका ८० प्रतिशत पुरुषहरुले चुरोट पिउने गर्दथे । श्रोत – बीबीसी, सुमल, मेस ।
प्रतिक्रिया