नुवाकोटमा निर्वाचन सुरक्षाका लागि सशस्त्र परिचालन

नुवाकोटमा निर्वाचन सुरक्षाका लागि सशस्त्र परिचालन


आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन नुवाकोटमा सशस्त्र प्रहरी बल पनि परिचालन गरिएको छ । प्रहरी नायब उपरीक्षक सुमनजंग थापाको नेतृत्वको ३५ सदस्य रहेको सशस्त्र प्रहरीको टोली नुवाकोटमा आएर निर्वाचन सुरक्षा व्यवस्थाको जिम्मेवारी बहन गर्न शुरु गरेको हो ।

यहाँ सशस्त्र प्रहरीको स्थायी युनिट नभएकाले आसन्न निर्वाचनको समयमा सुरक्षा व्यवस्था मजबुत बनाएर शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन गराउन निर्वाचन सुरक्षा बेश’का रूपमा सशस्त्र प्रहरीको टोली परिचालन भएको हो ।

सशस्त्र प्रहरी यसअघि वैशाख ३१ मा भएको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन पहिलोपटक नुवाकोट आएको थियो । उम्मेदवारी दर्तापछि चुनावी गतिविधि वृद्धि भएसँगै अहिले एक प्लाटुन रहेको फौज केही दिनमा १५ प्लाटुन जिल्लामा आउने सशस्त्र प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

जिल्लामा सशस्त्र प्रहरीको स्थायी युनिट नहुँदा निर्वाचन सुरक्षा बेशमार्फत सेवा पु¥याउने सशस्त्र प्रहरीको भूमिका स्थानीय तहको निर्वाचनमा प्रभावकारी भएकाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन पनि शान्तिपूर्णपमा सम्पन्न गर्न परिचालन हुने प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले बताउनुभयो ।