लण्डन । पेटको आन्द्राभित्र लाग्ने क्यान्सरका रोगीहरुले प्रत्येक दिन यदि एस्प्रिन सेवन् गरे यस रोगका कारण मृत्यु हुने चारभाग मध्ये तीनभाग जति रोगीहरु खतराबाट जोगिइने कुरा विज्ञहरुले बताएका छन् । नेदरल्याण्डका ४५०० जना आन्द्र क्यान्सरबाट पीडित रोगीहरुलाई अध्ययन गरेर यस कुराको प्रत्तिवेदन “द ब्रिटिश जोर्नल अफ क्यान्सर” मा छापेको छ । सबै रोगीहरुले मुटुरोगीहरुलाई दिने एस्प्रिनको न्युनतम डोज ८० एमजी परिमाणमा लिँदै आएका थिए । तर, जोर्नलमा अझ पनि यस कुरालाई यकीन गरेर आन्द्र क्यान्सर रोगीहरुलाई झट्टै यो उपचारको क्रम थालनी गर्नलाई समय पर्खनु पर्ने कुरा पनि व्यक्त गरेका छन् । एउटा सबल पक्षचाँहि एस्प्रिन सेवन् गरे बापत केहि खाले क्यान्सरहरु रोकथाम गर्ने कुराको सुझाव त्यस अध्ययनले दिएको छ । हालसालै गरेको अध्ययन कार्यबाट बढीमा क्यान्सरलाई पैmलिनुबाट रोक्ने र क्यान्सर पैmलिने क्रमलाई ढिलाई गर्ने जस्ता चिकित्सा पद्धति(थेरपी)का रुपमा एस्प्रिन प्रयोग गर्न सकिने कुरा बताएको छ । तर, औषधिको नकारात्मक असर पनि यसको सेवनबाट हुन सक्ने कुराको पनि उल्लेख गरेका छन् । कसैकसैलाई यसको सेवनबाट पेटमा जलन हुने र आन्द्राहरुमा रक्तश्राव हुने कुरा बताएका छन् । अध्ययन गर्ने क्रम एक दशकजति लामो समय लागेको थियो । यस अध्ययनमा एक चौथाई रोगीहरुले एस्प्रिन सेवन गरेका थिएनन्, एक चौथाइले क्यान्सर रोग लागेको थाह लागेपछि एस्प्रिन् लिएका थिए भने बाँकि रहेका आधा भागले एस्प्रिन् क्यान्सर हुनु अघिबाट एस्प्रिन् सेवन् गर्दै आएका थिए । प्रायः बढी रोगीहरुले मुटुरोगसम्बन्धि समस्याहरुका कारण एस्प्रिन् लिँदै आएका थिए । रोग पत्ता लागेपछि एस्प्रिन् सेवन् गरेका २३ प्रतिशत रोगीहरु आन्द्रा क्यान्सरका कारण मर्ने सम्भावना कम भएको भेटिएका थिए । र, जुन रोगीहरुले प्रत्येक दिन डोजको मात्रमा नौ महिनासम्म रोग लागेको थाहा लागेपछि लगातार सेवन् गरे उनीहरुमा ३० प्रतिशत यसरोगबाट मर्ने सम्भावना कम रहेको प्राप्त भएको थियो । लेइडन युनिभर्सिटी मेडिकल सेन्टरका डाक्टर ग्येरिट यान लिइफरस, प्रमुख अनुसन्धानकर्ताले … हाम्रो कार्यबाट प्राप्त थपिँदै गइरहेका प्रमाणहरुबाट एस्प्रिनले केवल रोग लाग्नुबाट रोक्ने कुरा मात्र नभई यसले रोग लागेपछि रोग फैलिने क्रमलाई रोक्ने कुरा थाह हुन आएको छ … भनेका छन् । उनका अनुसार केमो(थेरपी उपचार प्रक्रियाको विकल्पको रुपमा एस्प्रिन् उपचार पद्धतिलाई लिनचाँहि हुँदैन तर थप उपचारका लागि एस्प्रिन् सहयोगी हुने धारणा पोखेका छन् । उमेर पुगेका व्यक्तिहरुका स्वास्थ्य कमजोर रहने कारणले गर्दा त्यस्ता व्यक्तिहरुलाई केमोथेरपी पद्धतिद्वारा उपचार गर्न सकिन्न । र, अर्को कुरा साधारणतया उमेर पुगेका व्यक्तिहरुलाई नै आन्द्राको क्यान्सर बढी हुने गर्दछ । यस्ता रोगीहरुलाई एस्प्रिन् उपचारबाट फाइदा हुने देखिएको कुरा विज्ञहरु भन्छन् । यसलाई अझ विस्तृत अध्ययन गरेर पूर्णतया पुष्टि गर्न अझ आवश्यक रहेको कुरा जोर्नलमा छापेको छ । श्रोत – सीएनएन, सुमल, मेस ।
प्रतिक्रिया