लण्डन / निम्नलिखित केही तथ्यपरक बेलायती आचरणहरुः
· ७४.५% बेलायती आमाहरुले पौष्टिक खानेकुराहरु खाजाको समयमा रोज्छन् ।
· ७३.५% बेलायतका कम्पनी मालिकहरुले कामदारहरुलाई काम गर्ने बेलामा ब्रेकफास्ट लिने अनुमति दिन्छन् ।
· ६८.५% बेलायती आमाहरुले खाजा खाँदा बच्चाहरुलाई टीभी हेर्न दिँदैनन् ।
· ६०.५% बेलायती आमाहरुले आफूले खाँदै गरेका खाना बच्चाहरुको लागि त्याग्छन् ।
· ६७.५% बेलायतीहरुले टोस्ट गरेको ब्रेड त्रिभुज आकारमा नकाटी चतुर्भुज आकारमा काट्छन् ।
· ५७.५% बेलायतीहरुले दिनको शुरुआत केवल एउटा स्लाइस ब्रेड र एक कप चिया या कफीबाट शुरु गर्छन् ।
· ४९.५% ग्लास्गोवासीहरुले बिहानको खाजा खाँदा सोफामा बसेर खाजा खान्छन् ।
· ४५.५% बेलायतीहरुले ब्रेकफास्टको बेलामा इमेल चेक गर्छन् ।
· ४५.५% बेलायतीहरुले सेतो ब्रेड टोस्ट गरेर खाना मन पराउँछन् ।
श्रोत – मेट्रो, मेस ।
प्रतिक्रिया