लण्डन । अलकायदाको अग्रिम पंक्तिका नेताहरुले खइबर जनजाति क्षेत्रका कम्प्यूटरविद् फरमान अलि शिनवारीलाई पाकिस्तानका अलकायदा प्रमुख नियुक्त गरेका छन् । एउटा विज्ञप्ति जारी गरेर उनलाई पाकिस्तानी अलकायदा प्रमुख नियुक्त गरेको समाचार प्रकाश पारेको छ । फरमान अलि शिनवारीका अन्य भाइहरु जम्मूकाश्भिर क्षेत्रमा आतङ्क फैलाउने काममा क्रियाशील छन् । विज्ञप्तिमा शिनवारीको बारेमा उनी पाकिस्तानी पहाडी क्षेत्रमा बसोबास गर्ने जनजातिहरुबारे पर्याप्त ज्ञान भएको तथा उनी गतसाल ९ फेव्रुवरिको दिनमा अमेरिकाद्वारा हत्या गरिएको अलकायदा कमाण्डर बदर मनसुरका निकट्म व्यक्ति रहेको हुनाले यो नियुक्ति गरिएको कुरा उल्लेख गरेका छ । त्यसै विज्ञप्तिमा अलकायदाका नेताहरु बदर मनसूर र ओसामा बिन लादेनले इस्लामका लागि बलिदान दिएका कुरा पनि उल्लेख गरेको छ । उनको यो नियुक्तिमा पाकिस्तानी अन्य अलकायदा कमाण्डरहरुको संलग्नता नरहेको तर उनीहरुले यस नियुक्तिलाई समर्थन गरेका छन् ।
हरकत-उल-अन्सार नामक समूहमा संलग्न रहेका उनका अरु चार दाज्युभाइहरु जम्मुकाश्मिर क्षेत्रका आतङ्कवादी कृयाकलापहरुमा क्रियाशील छन् । लाण्डीकोटाल खइबर निवासी शिनवारी अङ्ग्रेजी भाषामा पोख्त छन् तथा उनी कम्प्यूटर विज्ञ पनि हुन् । उनी शिनवारी जनजातिभित्रका खुङ्गखेल उपजाति समूहका व्यक्ति हुन् । उनीलगायत उनका जम्मा ५ जना दाज्युभाइहरु छन् । ३० वर्षीय शिनवारीले लोन्डीकोटाल डिग्री कलेजबाट केमिस्ट्री र बायलोजी लिएर स्नातक गरेका थिए तथा पेशावर युनिभर्सिटीबाट प्रथम श्रेणीमा इन्टरनेशनल रिलेशनमा स्नातोकोत्तर पास गरिसकेका छन् । उनी विवाहित हुन् तथा उनका २ जना बच्चाहरु छन् । उनलाई इस्लामिक जिहादका लागि प्रखर वक्ताको रुपमा चिन्दछन् । अलकायदासँग संलग्न हुनु अघि उनले धेरै निजी स्कुलहरुमा अध्यापन गर्दै आएका थिए । उनका सबै भाइहरु आतङ्कवादि तेहरिक-ए-तालीबान तथा अन्य इस्लामिक आतङ्कवादि समुहमा समेत संलग्न रहँदै आएका छन् । उनका एकजना दाज्यु हजरत नबि शिनवारी लान्डीकोटाल सरकारी स्कुलमा थियोलोजीका शिक्षक थिए । उनले खइबर एजेन्सी तालीबानीहरुका सन् २००५मा नेतृत्व गरेका थिए । उनले जम्मुकाश्मिर तथा अफनिस्तानमा लडाकुहरु पठाउने काम गर्थे । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया