लमजुङमा तीन जनाले उम्मेदवारी फिर्ता लिए

लमजुङमा तीन जनाले उम्मेदवारी फिर्ता लिए


आगामी मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दावी गरेका तीनजनाले मनोनयन फिर्ता लिएका छन् ।

प्रतिनिधी सभा निर्वाचनमा मनोनयन दर्ता गराएका एकजना र प्रदेश सभाका दुईजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका सहायक निर्वाचन अधिकृत भुमीप्रसाद शर्माले बताए ।

निर्वाचन अधिकृतको कार्यालय लमजुङका अनुसार प्रतिनिधी सभामा एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) बाट उम्मेदवारी दर्ता गराउनुभएका चन्द्रबहादुर गुरुङले मनोनय फिर्ता लिएका छन् ।

यसैगरी प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश ‘क’ बाट बजिरमान गुरुङ र प्रदेश ‘ख’ बाट रमेशराज पाण्डेले मनोनयन फिर्ता लिएका हुन् ।

तीन्जनाले उम्मेदवारी फिर्ता लिएसँगै जिल्लामा प्रतिनिधी सभाका लागि ११ जना, प्रदेश सभा ‘क’ मा ६ जना र प्रदेश सभा ‘ख’ का लागि ८ जना चुनावी मैदानमा रहेका छन् ।

स्वतन्त्र उम्मेदवारले पाए चुनाव चिन्ह

आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि लमजुङबाट स्वतन्त्र उम्मेदवार बनेका दुईजनाले चुनाव चिन्ह पाएका छन् । निर्वाचन कार्यातालिका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह प्रदान गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधी सभा उम्मेदवार बनेका स्वतन्त्त उम्मेदवार द्धारिका मिश्रले टेवल चुनाव चिन्ह पाएका छन् भने प्रदेश ‘ख’ बाट प्रदेश सभाका लागि उम्मेदवार बनेका उत्तम गुरुङले भर्याङ चुनाव चिन्ह पाएका छन् ।