चेस खेलाडी नगेन्द्र लिम्बूको विजय यात्रा निरन्तर

चेस खेलाडी नगेन्द्र लिम्बूको विजय यात्रा निरन्तर


हंगकंग । २९ तारिक हंगकंग नेपाली महासंघको हलमा भएको नेपालीहरुमाझ हंगकंगब्यापी दोस्रो चेस ९वुद्दिचाल ० र बाघचाल ९नेपाली वुद्दिचाल० खेल सम्पन्न भएकोछ । चेस तर्फ खुल्ला तर्फ डिभिजन ए र डिभिजन बी गरी दुई डिभिजन गरिएको थियो । प्रतियोगिताको खुल्ला तर्फ ए डिभिजनमा नगेन्द्र लिम्बू विजयी भए , दोस्रोमा हर्क सेनेहाङ र तेस्रोमा मदन राई भए । ए डिभिजनमा ८ जनाले प्रतिपर्धा गरेका थिए ।लिम्बू गतसालको पनि विजेताहुन र तेसपछि गठन भएको चेस सोसाईटिको अध्यक्षको जिम्मेवार पनि सम्हाल्दै आएकाछन् ।आफ्नो जीतले अझ आत्माविस्वास बढेको र यो जीतको श्रेय आफनो श्रीमती र परिवारलाई रहेको पनि जनाएका थिए ।आगामी दिनमा लिम्बू राष्ट्रियस्तरको खेलमा खेल्न हंगकंगको प्रतिनिधि भएर नेपाल जानेछन् ।

यसैगरी बी डिभिजनमा प्रथम, दोस्रो र तेस्रोमा क्रमश प्रदिप कुमार राई, आईतसिं लिम्बू र भीम राज राई भएका थिए । यस समूहमा १६ जनाले सहभागिता जनाएका थिए । यसैगरी बाघचाल खेल पनि हंगकंगको ईतिहासमा पहिलो पटक खेलाइएको थियो जसमा ललित लिम्बू प्रथम र मोती चाम्लिङ दोस्रो भएका थिए ।कार्यक्रमको अन्तमा औपचारिकरुपमा ढालिएको थियो जसको अध्यक्षता आयोजक सस्था मूलबाटो ९डटकम ० सोसाईटिका सम्योजक किन्दर राई रहेका थिए भने प्रमुख अतिथिमा हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदिप थापामगर यसैगरी बिशेष अतिथिमा आदिबासी जनजाति महासंघका उपाध्यक्ष रिता गुरुङ र अन्य अतिथिहरुमा किरात याक्थुम चुम्लुङका उपाध्यक्ष हस्त लिवाङ, पानथर मञ्चका उपाध्यक्ष कुमार गुरुङ, कोने ईन्जिनियरिङ तथा कन्स्ट्रकसन कम्पनिका अर्चन गुरुङ, बी डिभिजनका पुरस्कार स्पोनसर तथा लोलिनस्टोरका लोकेन्द्र तुम्बाहाङ, चेसुङ फिल्मका डाइरेक्टर मौसम लिम्बू आदि रहेका थिए । विजयी खेलाडीहरुलाई प्रमुख अतिथि, अतिथि र स्पोनसरदाताहरुबाट पुरस्कारहरु प्रदान गरिएको थियो । यस कार्यक्रमका प्रायोजकहरुमा,

१। कोने ईन्जिनियरिङ तथा कन्स्ट्रकसन कम्पनि – अर्चन गुरुङ, २। लोलिनस्टोर वानचाई – लिकेन्द्र तुम्बाहाङ, ३। अकंल रस कफि – वाईबी राई, ४। किरात राई यायोक्खा, ५। न्यु जेनेरेसन ताई क्वान दो- राजु खड्का, ६। खोटांग समाज, ७। लिमा कन्सल्टेन्सी – रजिन चाम्लिङ, ८। ग्यालेक्सि नेटवर्क – जेएन ज्ञावली, ९। एकता टुर्स एण्ड ट्राभल – त्रिलोक गुरुङ, १०। भारतिय गोर्खा भुपु सैनिक संघ, ११। हंगकंग नेपाली महासंघ, १२। हंगकंग चेस सोसाईटी, १३। फिसटेल ट्राभल – कृष्ण पाण्डे, १४। ठकुरी समाज, १५। आइडिया कन्सल्टेन्सि – हेम लिम्बू, १६। फ्रुटफिल कन्सल्टेन्सि -हेजेन राई, १७। फूलबारि क्लब – नन्द चङसु, १८। एभरेष्ट ताऐक्वान दो एकेडेमि – रविन नाल्वो, १९। एनआरएन, २०। जेपिटिएचके डटकम आदि रहेका थिए । कार्यक्रमलाई सस्थाका सदस्य तथा खेल सम्योजक अधिराज राई “प्रकाश” ले सञ्चालन गरेका थिए ।-अधिराज, तस्वीरसहित